logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

आन्दोलनरत शिक्षकहरुलाई सर्वाेच्चले भन्यो : तीन दिनभित्र विद्यालय फर्किनु


  • राजनीति
  • बिहिबार, बैशाख ११ २०८२

काठमाडौं । सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकलाई ३ दिनभित्र स्कुल फर्किन आदेश दिएको छ।

न्यायाधीश नहकुल सुवेदीको एकल इजालसले शिक्षकका जायज माग सम्बोधन गर्न र आन्दोलनरत शिक्षकलाई ३ दिन दिनभित्र विद्यालय फर्किन आदेश जारी भएको सर्वोच्च अदालतका प्रवक्ता एवं सहरजिस्ट्रार अच्युत कुईंकेल बताए।

उनका अनुसार शिक्षकका जायज माग सम्बोधन गर्न, एसईई बोर्डको परीक्षाफल समयमै प्रकाशित गर्न र १२ कक्षाको परीक्षा समयमै सञ्चालन गर्न आदेश भएको हो।

अधिवक्ता श्रवण कुमार चौधरीले बुधबार मन्त्रिपरिषद् कार्यालय, शिक्षा मन्त्रालय, संघीय संसद, शिक्षा विभाग र राष्ट्रिय परीक्षा बोर्डलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार