logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

अनेरास्ववियुको अध्यक्षमा कडरिया र महासचिवमा धामी निर्वाचित


  • राजनीति
  • शुक्रबार, जेष्ठ ३१ २०८२

काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा डाक्टर सुजन कडरिया निर्वाचित भएका छन् ।

कडरियाले प्रतिस्पर्धी प्रकाश पौडेललाई ७ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् । कडरियाले ७३२ मत ल्याएर निर्वाचित भए भने पौडेलले ७२५ मत पाए । सहमतिबाटै नेतृत्व चयन हुन नसकेपछि कडरिया र धामी प्यानल बनाएर नै चुनावी मैदानमा उत्रिएका थिए ।

महासचिवमा दिपक धामी निर्वाचि भएका छन् । धामी पनि कडरियाकै प्यानलबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । धार्मीसँग महासचिवमा प्रतिस्पर्धा गरेका आरके रोमस पराजित भए ।

हेर्नुहोस अनेरास्ववियुको नयाँ टिम :

अध्यक्षः डा.सुजन कडरिया
उपाध्यक्षः अञ्जना सिवाकोटी, विकास श्रेष्ठ
महासचिवः दिपक धामि
उपमहासचिवः कमल जोशी
सचिवः आकाश घर्ती
सचिवः रचना सापकोटा
सचिवः समिम बाबु
सचिवः गोपाल नेपाल
आयोग अध्यक्षः प्रकाश बिष्ट , सुमन घिमिरे , जित प्रसाद सिटौला

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार