राजनीति
काठमाडौं । निवर्तमान परराष्ट्रमन्त्री एवम् नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्षबाट राजीनामा दिएकी छिन् ।
अभिभावकको बैठकमा काठमाडौं र ललितपुर दुवै स्कुलको व्यवस्थापन समितिको अध्यक्षबाट राणाले राजीनामा दिएकी हुन् । गत भदौ २४ गते भएको जेनजीहरुको आन्दोलका क्रममा युलेन्स स्कुलमा आरजुको पनि लगानी रहेको भन्दै तोडफोड र आगजनी भएको थियो ।
जेनजीहरुको आन्दोलनपछि भौतिक संरचनाहरु जलेर नष्ट भएकाले युलेन्सले नयाँ ढंगले विद्यालय सञ्चाल गर्ने योजना बनाएको र अब युलेन्सले अभिभावबाटै ट्रष्टी छान्ने अभिभावक स्रोतले बताएको छ ।
आगजनीपछि भौतिक संरचना नष्ट भएपछि युलेन्सले हाल अनलाइनबाट कक्षा सञ्चालन गरिरहेको छ । १० देखि १२ र आइबीको कक्षा दशैंपछि भौतिक रुपमा सञ्चालन गर्ने तयारी गरिएको बुझिएको छ ।