राजनीति
पोखरा-आगामी पुसको २७ देखी माघको ८ गते सम्म सञ्चालन हुने नवौ संस्करणको पोखरा महोत्सवमा जगदम्बा स्टील प्रा।लि। मुख्य प्रायोजकको भुमिकामा रहेर साथ दिने भएको छ ।
नवौ संस्करणको पोखरा महोत्सवलाई जगदम्बा स्टील प्रा।लि।ले साथ दिने भएकोहो। मुख्य प्रायोजक जगदम्बा स्टीलका आधिकारिक बिक्रेता पोखराको रत्नचोकमा रहेको सिजी हार्डवेयर एण्ड सप्लायर्सका सञ्चालक दिनेश प्रसाद चौधरी र पोखरा महोत्सवका प्रायोजक ब्यवस्थापन उपसमिती संयोजक लिला बहादुर जिसी बीच महोत्सवको मुख्य प्रायोजकको सम्झौता पत्रमा हस्ताक्षर गरी महोत्सवमा एक अर्काबीच सहकार्य गर्ने सहमति भएको हो ।
सो अवसरमा वोल्दै क्लवका अध्यक्ष लालकाजी गुरुङले पोखरा महोत्सवलाई विगत ४ वर्षदेखी साथ दिदै आएको सिजी हार्डवेयर एण्ड सप्लायर्सले यो वर्ष पनि आफु संगै जगदम्बा स्टील प्रालिलाई समेत सहकार्य गर्ने मौका दिएकोमा धन्यवाद ब्यक्त गर्दै विभिन्न विभिन्न औधोगिक संघ सस्था लगायत सहयोगी संघ सस्थाहरुको सहयोगकै कारण पोखरा महोत्सवको नवौ संस्करण सम्म आइपुग्न सफल भएको वताए । उक्त अवसरमा क्लवका प्रथम उपाध्यक्ष राजु श्रेष्ठ, द्धितिय उपाध्यक्ष लोकबहादुर थापा लगायतको सहभागीता रहेको थियो ।