राजनीति
आश तमु पोखरा – बिदेशी नयाँ बर्षको उपल्क्ष्यमा पोखरामा जारी सडक महोत्सवको रात्रीकालिन कार्यक्रममा र्यापर भिटेन र मङोलियन हर्टका गायक राजु लामा माथी ढुङ्गा र बोतल प्रहार भएको छ।
“‘सडकमै खाउ सडकमै रमाउ” भन्ने नाराका साथ बिगत वर्ष देखी मनाउदै आएको सडक महोत्सवमा जारी कन्सर्टमा भिटेन र राजु लामा माथी केही उछिन्कल युवाहरुले बोतल र ढुङ्गा प्रहार गरेका हुन।
स्टेजमा आफ्नो पहिलो प्रस्तुति दिएपछी अर्को प्रस्तुति दिने तर्खर गर्दै गर्दा भिटेन माथी ढुङ्गा प्रहार भयो। भिटेन एक छिन गित गाउन अलमलिए हुलवाट झनै बोतलहरुको प्रहार हुन थाले पछी भिटेन माइक नै फालेर स्टेज नै छोडेर हिडे । ढुङ्गा कता बाट आयो कसले हिर्कायो भन्ने पता लगाउन सकेन प्रहरी सुरक्षा अझै बालियो बनाए पछी भिटेन फेरी फर्किए अनि आफ्नो प्रस्तुति राखे।

भिटेन पछेको अर्को प्रस्तुति दिन आएका रुचाइीएका अर्का गाएक मङोलिएयन्ना हर्टका गाएक राजु लामा पनि भिटेन झै दर्शकको शिकार हुन पुगे । स्टेज चडेपछी भोकल माइक देखी सबै टेक्निकल समस्या मिलाउन करिव ४० मिनेट लगाए पछी दर्शकले पनि राजुलामा माथी ढुङ्गानै प्रहार गरेको हाम्रा सञ्चार कर्मी रेसम रानाले बताए।