logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

वास्तविक वरुणको प्रेमिका को हुन् त? आलिया कि नताशा ?


  • राजनीति
  • बिहिबार, पुष १९ २०७५

आलिया भट्टसँग बलिउड हिरो वरुण धवनको नाम जोडिने गर्छ। तर, उनीहरु एकअर्काका मिल्ने साथि मात्र हुन्। करण जोहरको फिल्म ‘स्टूडेन्ट अफ दि इयर’बाट फिल्ममा डेब्यू गरेका उनीहरुले एकसाथ ‘बद्री कि दुल्हनिया’मा काम पनि गरेका थिए।

वास्तविक वरुणको प्रेमिका को हुन् त?

नताशा दलालसँग वरुण लामो समयदेखि आफ्नो प्रेम सम्बन्धमा छन् । नताशा उनको बाल्यकालको मित्र पनि हुन्। पछिल्लो वर्ष उनीहरुको विवाहको चर्चा पनि चलेको थियो। हालै उनीहरु एकसाथ एरपोर्टमा देखिएका थिए।

वरुण र नताशाले मिडियालाई भने आफ्नो प्रेम स्वीकारेका छैनन्। हालै धवनले भने मिडियामा चाँडै विवाह गर्ने बताएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार