logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

भुमिगत शैलीमा रहेकी गायिका बिष्णु माझिका जुम्ल्याहा छोरा भएको तथ्य सार्वजनिक


  • राजनीति
  • शनिबार, पुष २१ २०७५

चर्चित लोकदोहोरी गित

सालको पात टपरी हुनी, नहुनी सल्लैको

तिम्रो माया कति छ कति हे बरै नलाउ पछि हल्लैको…

लोकप्रिय गायिका विष्णु माझी र प्रीय गाएक कुलेन्द्र विश्वकर्माले गाएको यो लोकदोहोरी गीत हिजोआज नेपाली संगीतप्रेमीको जिब्रोमै झुण्डिएको छ । यूट्युवमा सम्भवतः अहिलेसम्मकै सर्वाधिक भ्युज पाएको लोकदोहारी हो यो ।

कुलेन्द्र बिश्वकर्मा र वसन्त थापाको सालको पात गीतले डेढ करोड भ्युज कटाएपछि केही दिनअघि ‘सेलिब्रेसन’ कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा गीतसँग प्रत्यक्ष/परोक्ष गाँसिएका सबै उपस्थित थिए, तर बिष्णु माझी भने आइनन । उनि नेपाली लोक सगित क्षेत्रकी बहुचर्चित गायिका हुन तर उनि एक दशक भन्दा बढी समय  देखी भुमिगत शैलीमा रहेकीछन । उनको बारेमा मिडियामा समाचार आए पछि उनको खोजीलाइ उनकै जिल्ला स्याङ्जा प्रशासनले चासो देखाएको छ ।

जुम्ल्याहा छोरा छन्, परिवारमा खुशी छ

उनका श्रीमान सुन्दरमणिको पोखरास्थित गाउँका एक छिमेकीले विष्णु र सुन्दरमणिका जुम्ल्याहा छोरा भएको जानकारी दिएका छन् । ‘उहाँहरु हरेक वर्ष दशैं मान्न गाउँ आउनुहुन्छ,’ उनले भने, ‘छोराहरुसहित दुबैजना हाँसीखुशी नै देखिनुहुन्छ ।’

०७२ सालमा भूकम्प आएको ताका विष्णुले जुम्ल्याहा सन्तान जन्माएकी थिइन् । सुत्केरी भएपछि विष्णु र उनका श्रीमान एक महिना गाउँमै बसेका थिए ।

सुन्दरमणिका छिमेकीले गाउँ र छरछिमेकमा सुन्दरमणिको राम्रै छवि भएको बताएका छन् ।

अनलाइन खबर बाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार