राजनीति
अर्घाखाँची-प्रहरीले होटलमा बसेका जोडीलाई बिनासित्ती पक्रेको भन्दै प्रहरीमाथि लोक गायिका ज्योती मगरले आक्रोश पोखेकी छिन।उनले प्रहरीमाथि व्यंग्य गर्दै ठूलाबडाले ठूला-ठूला तारे होटलमा मोज मस्ती गर्दा नपक्रने तर सामान्य जोडीलाई पक्रने गरेको भन्दै भनेका हुन्।
निर्मला पन्तका हत्यारा पक्रन नसक्ने प्रहरीलाई सहमतिमा बसेका जोडीलाई दु:ख दिने अधिरका नभएको उनको तर्क थियो। चौथो अर्घाखाँची महोत्सवमा आफ्नो प्रस्तूति दिन ज्योती सन्धिखर्कमा आएकी थिइन्।
ज्योती मगर जब स्टेजमा आइन माहोल निकै तातेको थियो। उनले नेपाली पहिचानका कुरासँगै युवादेखि पाका पुस्ताका बारेमा व्यंग्य गर्दै दर्शकलाई मजाले हँसाइन्। उनले भनिन्, ‘जब ढाडे बिरालो नामको गीत बजारमा आयो, म विवादमा आएकी थिएँ, तर केही व्यक्तिले माया नगरे पनि धेरै दर्शक श्रोताले माया गर्नु भएको छ।यसैमा खुशी छु।’