logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

आज माघ १ गते “रामबजार साझ” ! कालिका स्कुल अगाडी ३ बजे हुनेछ “लाहुरे” सवारी

आश तमु


  • राजनीति
  • मंगलबार, माघ १ २०७५

आश तमु पोखरा- “रामबजारको शान युवाहरुको अभियान” भन्ने नाराका साथ स्थापित रामबजार युथ क्लवले मकर संक्रान्तिको दिन आज माघ १ गते “रामबजार साझ”को आयोजना गरेका छन। बिगत वर्षमा पाचौँ रामबजार महोत्सव सम्मको सफल आयोजना गरेको क्लवले भने यो वर्ष रामबजार साझको आयोजना गरेका हुन।

रामबजार साझको आवाश्यक सम्पुर्ण तयारी पुरा भैसकेको आयोजक संस्था रामबजार यूथ क्लबले जनाएको छ ।
रामबजार साझँमा प्रमुख आकर्षणको रुपमा आशिष राना “लाहुरे” रहेको छ। पछिल्लो क्रम र्‍यापर लाहुरेको क्रेज नयाँ पुस्तामा बढदै गएको छ। लाहुरे सङ्गै साझँ प्रयत्न श्रेष्ठ पनि रहेको छ।

अर्को आकर्षक रामबजारकै व्याण्ड देउराली व्याण्ड पनि रहेको छ। जो पोखरामा आफ्नो सुरुवाती चरणमा निकै हिट भएका थिय। ढुङ्गे सागुको मेलामा भन्ने गित अझै पनि लोकप्रिय नै छ।

क्लबका अनुसार आज दिउसो ३ बजे बाट कार्यक्रम सुरु हुने र प्रवेशको लागी २०० रुपैया टिकेट रहेको बताएका छन।रामबजार साझलाई रामबजार सोसाइटी युके ,रामबजार व्रदर्स अबोर्ड अनि टुबोर्ग बिएरले सपोर्ट गरेका छन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार