logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

कास्कीको पर्यटकिय मादी गाउँ मुग्रीमा माघ १६ देखि चौथो मुग्री मेला हुने


  • राजनीति
  • सोमबार, माघ ७ २०७५

कास्की-कास्कीको मादी गापा ९ मुग्रीमा नभ प्रभात युवा क्लबको आयोजना तथा विन कुमारी स्मृति प्रतिष्ठानको सहकार्यमा चौथो मुग्री मेला–२०७५ आयोजना हुने भएको छ ।

सोमबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि माघ १६ देखि २२ गतेसम्म मादी गा।पा–९ मुग्री खेलमैदानमा सञ्चालन हुने मेलाको जानकारी दिइएको हो ।
खेलकुद प्रतियोगितालाई आधार बनाउँदै महोत्सवको रुपमा परिमार्जन गर्ने र आन्तरिक एवम् बार्ह्य पर्यटन भित्र्याउने उद्देश्यले २०७४ सालदेखि मेलाको आयोजना गरेको मुल आयोजक समितिका सयोजक लब्सन गुरुङले बताए ।

मेलामा खुल्ला रनिङ शिल्ड फुटबल प्रतियोगिता साथै विविध साँस्कृतिक कार्यक्रमहरु हुनेछ ।
मेलामा खुल्ला एकल नृत्य प्रतियोगिता, खुल्ला सामुहिक रस्सि तान्ने प्रतियोगिता, खुल्ला छैलो हान्ने प्रतियोगिता, चित्रकला प्रतियोगिता, खुल्ला दौड प्रतियोगिता हुने मेलाको संयोजक लब्सन गुरुङले बताए ।

‘मेलामा करिब ३ सय अतिथिहरुको लागि होमस्टेको सञ्चालन हुनेछ,’ उनले भने, ‘पोखराबाट मेलासम्म जानका लागि बसको समेत व्यवस्था गरिएको छ ।’ प्रतियोगितामा रनिङशिल्ड फुटबल तर्फ प्रथम पुरस्कार १ लाख रुपैयाँ, दोस्रो पुरस्कार ५० हजार रुपैयाँ मेडल र प्रमाण पत्र प्रदान गरिनेछ ।

खुल्ला एकल नृत्य तर्फ प्रथम पुरस्कार आकर्षक ट्रफी २१ हजार रुपैयाँ, दास्रो पुरस्कार १० हजार ५ सय रुपैयाँ, तेस्रो पुरस्कार ५ हजार ५ सय रुपैयाँ, उत्कृष्ट कोरियोग्राफर १५ सय रुपैयाँ, उत्कृष्ट भेषभुषा १५ सय रुपैयाँ र प्रमाण पत्रको व्यवस्था गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार