logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

भेडाले मान्छेलाई लखेटी लखेटी खेदेको भिडियो हेर्नुस अनि मजाले हास्नुस….


  • राजनीति
  • बिहिबार, माघ १० २०७५

अहिले फेसबुकमा भेडाले मान्छेलाई लखेटी लखेटी खेदेको भिडियो निकै भाइरल भएको छ।

नागरिकता विधेयकमाथि छलफल शुरु

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाल नागरिकता ऐेन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०७५ माथि दर्ता भएका विभिन्न संशोधनमाथि आजदेखि छलफल शुरु भएको छ ।

संविधान कार्यान्वयनका अति महत्वपूर्ण मानिएको सो संशोधन विधेयकमाथि २३ संशोधनको प्रस्ताव सांसदले दर्ता गराउनुभएको थियो । यसअघि समितिले विधेयकसित सम्बन्धित सरोकार भएका निकायसित गहन रुपमा छलफल तथा अन्तरक्रियासमेत सम्पन्न गरेको थियो ।

गृहमन्त्री रामबहादुर थापा बैठकमा सहभागी हुनुहुन्थ्यो । आजको बैठकमा समितिका सदस्य जनार्दन शर्माले संविधान कार्यान्वयनका लागि विधेयक महत्वूर्ण हुने बताउँदै विधेयकमाथि शीर्ष राजनीतिक नेतृत्व तहबाट सहमति खोजिनुपर्छ भन्नुभयो । उहाँले सर्वसम्मत रुपमा विधेयक तयार भएमा मात्र यसले अपनत्व बढाउने बताउनुभयो ।

संशोधनकर्ता सांसदद्वय रेखा शर्मा र यशोद सुवेदीले वंशज र अङ्गीकृत नागरिकता प्राप्तिमा थप सहजता ल्याउन आवश्यक रहेकामा जोड दिँदै महिलाको आत्मसम्मानमा आँच नआउने गरी आगामी दिनमा नागरिकता प्राप्ति हुनुपर्छ भन्नुभयो ।

नागरिकतासम्बन्धी संविधानका केही धारा तथा प्रावधान महिलामैत्री बन्न नसकेको जिकिर गर्र्दै उहाँहरुले संविधान संशोधनको आवश्यकतासमेत औँल्याउनुभयो । संशोधनकर्ता सांसदद्वय विन्दा पाण्डे र हृदयेश त्रिपाठीले अहिले पनि वंशजका आधारमा महिलाले नागरिकता प्राप्ति गर्न १५ समस्या रहेको उल्लेख गर्दै यसलाई विधेयकमा संशोधन गर्न आवश्यक रहेकामा जोड दिनुभयो ।

संशोधनकर्ता सांसद देवेन्द्रराज कँडेलले नागरिकतासम्बन्धी संविधानका भावनानुसार विधेयक आउनुपर्छ भन्नुभयो । समितिका सदस्य प्रेम सुवालले देशको सार्वभौमिकतामाथि कहीँकतैबाट आँच नआउने गरी नागरिकता प्राप्तिको व्यवस्था हुनुपर्छ भन्नुभयो । छलफलमा सांसद नवराज सिलवाल, झपट रावल, राजेन्द्र श्रेष्ठ, मीनाक्षी झा र विनाकुमारी श्रेष्ठले महिलाको आत्मसम्मानमा आँच नआउने गरी नागरिकता विधेयक तयार गर्न सुझाव दिनुभयो ।

समितिका सभापति शशि श्रेष्ठले विधेयक सहमतिमा तयार हुने जानकारी दिनुभयो । (रासस)

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार