राजनीति
एजेन्सी– यतिबेला दुध चोरीको घटना निकै बढेको तथ्य तमिलनाडुमा सार्वजनिक भएको छ । दुध व्यापारीले दुध चोरी बढेपछि प्रहरीमा उजुरी गरेका छन् ।यो दुध चोरीको घटना एक तामिल फिल्मको रिलिज हुनुभन्दा पहिले बढेको हो । चोरी बढेपछि व्यापारीलाई धेरै नोक्सान पुगेको छ ।
धार्मिक उत्सवहरुमा हिन्दु परम्पराअनुसार देवीदेवताका ठूलाठूला मूर्तीमा दुध चढाउने गरिन्छ । जसलाई दक्षिण भारतमा ‘पालभिषेकम’ भनिन्छ ।पछिल्ला केही समयमा दक्षिण भारतमा चलचित्रका लागि ‘पालभिषेकम’ को प्रचलन बढिरहेको छ ।
तमिलनाडु राज्यका दुध व्यापारी संगठनका अध्यक्ष एसए पोन्नुसामी भन्छन् ‘यो भगवानको उपासना गर्ने तरिका हो, फिल्म स्टार्सको उपासना गर्ने होइन् ।’तमिलनाडुमा दुधको चोरी अत्यधिक भएपछि दुध डिलर एशोसिएसनले प्रहरीमा एफआइआर दर्ता गरेको छ । प्रहरीले दुध चोर्नेलाई जतिसक्दो छिटो कारबाही गर्ने आश्वासन दिएका छन् ।
पोन्नुसामीका अनुसार २० वर्षको अवधिमा फिल्म स्टारको पोस्टरमा दुध चढाउने क्रेज निकै बढेको छ । फ्यानहरु आफ्ना अभिनेता–अभिनेत्रीलाई भगवानको रुपमा लिन्छन् । जसका कारण दुध चोरी बढेको छ ।
तामिल अभिनेता सिलाम्बरासनले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै फेब्रुअरीमा प्रदर्शन हुने चलचित्रको पोस्टरका लागि दुध चढाउन आग्रह गरेका थिए ।यो भिडियो भाइरल भएपछि तामिल राज्यमा दुधको प्याकेट चोरी हुने घटना बढ्यो । डेरीबाट ट्रकमा ल्याएर पसल अगाडि छोडिएका दुधका प्याकेट चोरी हुन थालेका हुन् । पोन्नुसामीले अभिनेताको पालभिषेकमविरुद्ध २०१५ देखि नै आवाज उठाउँदै आएका छन् ।
चोरीबाट बच्न सामाजिक सञ्जालमा फ्यानहरुले अलग–अलग समुह बनाएर पोस्ट समेत गर्ने गरेका छन् । तामिल सुपरस्टार रजनीकान्त र कमल हसनसँग पनि सहयोग मागेको पोन्नुसामीको भनाई छ ।रजनीकान्तका प्रवक्ता भन्छन् ‘हामीले धेरैपटक यस्तो नगर्न फ्यानलाई आग्रह गरेपनि यो रोकिएको छैन् ।’