राजनीति
विराटनगर- बलिउडकी नायिका राखी सावन्त आफ्नो प्रस्तुति दिन विराटनगर आएकी छन् । नयाँ दिल्लीबाट पश्चिम बंगालको बागडोग्रा विमानस्थल हुँदै उनी मंगलबार साँझ विराटनगर आईपुगेकी हुन् ।
विवाद र चर्चामा आईरहने आइटम डान्स गरेर नायिका सावन्तले हट विराटनगरबासीलाई मनोरञ्जन दिनेछिन् । बुलेट इन्टरनेशनल म्युजिक फेस्टिभल २०१९ का संयोजक सलिम अन्सारीले सावन्त फरर्फमेन्स दिने गोपाल फन पार्कमा जानकारी दिए । उनले भने,‘‘उहाँसँगै अन्य चर्चित भारतीय तथा नेपाली कलाकारको प्रस्तुति रहने छ ।’’ उनले पूर्वीक्षेत्रका मनोरञ्जन प्रेमी दर्शक स्रोतका लागि बलिउडका कलाकार ल्याएर कार्यक्रम गरिएको बताए ।
सँधै विवाद र चर्चामा रहने राखी सावन्तले नेपालको प्रकृति र यहाँका मानिसहरुको व्यवहार आफूलाई निकै मन पर्ने गरेको प्रतिक्रिया दिएको अन्सारीले बताए ।
पछिल्लो पटक भने बलिउड नायिका तनुश्री दत्तलाई गाली गर्दै सेक्स स्क्यान्डलमा फसेका नायक नाना पाटेकरलाई बचाउ गरेका कारण सावन्त सामाजिक सञ्जालमा चर्चामा छिन् । उनी विभिन्न समयमा हर्कत गरेर चर्चामा आउने नायिका हुन ।
सावन्तले बुधबार दुई पटक गरेर जम्मा २० मिनेट आइटम डान्स गर्नेछिन् । दुई इन्ट्रीमा हुने उनको आइटम डान्ससँगै इन्डियन आइडल २०१७ फेम मानषी भारद्वाज, मेघा कौर, सन्ध्या पौडेल, श्रेया गोयल, कुमकुम सिन्दे, मीरा लामा, सहिमा श्रेष्ठ, ज्याक आदि कलाकारले प्रस्तुति दिनेछन् । अन्सारीले भने,‘‘विरानगर आज बलिउडमय हुँदैछ । भरपुर मनोरञ्जन हुनेछ ।’’
सावन्त सलमान खानको रियालिटी शो बिगबोसको पहिलो सिजनमा सहभागी भई निकै चर्चा र विवादमा आएकी थिइन ।