logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

नेपाली चलचित्र क्यापटेनको टेलर सार्वजनिक हेर्नुस


  • राजनीति
  • शुक्रबार, माघ १८ २०७५

नेपाली चलचित्र क्यापटेनको टेलर सार्वजनिक भएको छ।फुटबल खेलाडीको भूमिकामा देखिन लागेका अनमोलको सो चलचित्रले फागुन २० गतेको सार्वजनिक विदा पनि भेट्नेछ । फागुन २० गते सोमबारको महाशिवरात्रीका लागि यस फिल्मको रिलिज डेट फागुन १७ लाई तय गरिएको हो ।चलचित्रका मुख्यकलाकारद्वय अनमोल र नायिका उपसना सिंह ठकुरी फिचर्ड छन् ।

विराटनगर, माघ १३ गते । प्रदेश नं १ अन्तर्गत सामाजिक विकास मन्त्रालयको ‘स्वास्थ्य जीवन’ कार्यक्रमका लागि कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) सद्भावनादूत नियुक्त हुनुभएको छ । सो कार्यक्रमका लागि उक्त मन्त्रालय एवं धुर्मुस र सुन्तलीबीच आज यहाँ सम्झौता भएको छ ।

एक वर्ष अवधि रहने सद्भावनादूतले राष्ट्रिय स्वास्थ्य नीति–२०७१ र नसर्ने रोगको रोकथाम तथा नियन्त्रण कार्यान्वयन योजना २०१६–२१ को स्वस्थ जीनवशैली प्रवद्र्धनसम्बन्धी सञ्चार कार्यक्रमलाई प्राथमिकता दिएर अभियान सञ्चालन गर्नुपर्ने, स्वस्थ जीवनका लागि खानपान, सरसफाइ र योग तथा व्यायामलाई प्राथमिकता दिनुपर्ने सम्झौतापत्रमा उल्लेख छ ।

सद्भावनादूतले ‘एक घर, पाँच योग, पाँच जडीबुटी, पाँच वटा सकारात्मक व्यवहार’, ‘मेरो फोहर म आफैँ सफा गर्छु’, ‘समुदायको सरसफाइमा मेरो दायित्व’ जस्तानारासहित दैनिक जीवन पद्दति, व्यवहार, सरसफाइ, पोषण आदिलाई जोडेर स्वस्थ जीवन कार्यक्रम सञ्चालन गर्नुपर्नेछ।

मुख्यमन्त्री शेरधन राईले यस प्रदेशलाई स्वस्थ र समृद्ध बनाउन सरकार शुरुदेखि नै प्रयत्नशील भएको बताउनुभयो । सामाजिक विकासमन्त्री जीवन घिमिरेले रोग लाग्न नदिन विभिन्न कार्यक्रम सञ्चालन गरिएको र ‘स्वास्थ्य प्रवद्र्धन वर्ष–२०७५’लाई मूर्त रुप दिन सबैजना खानपिन, सफाइ र व्यायाममा केन्द्रित हुनुपर्छ भन्नुभयो । (रासस)

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार