logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

अनलाइन गेम ‘पबजी’माथि प्रतिबन्ध हुदै ! आखिर किन ?


  • राजनीति
  • शनिबार, माघ १९ २०७५

मुम्बई- मुम्बईका एक ११ वर्षीय बालकले लोकप्रिय अनलाइन गेम ‘पबजी’माथि प्रतिबन्ध लगाउन माग गर्दैमुम्बई उच्च अदालतमा मुद्दा दर्ता गरेका छन् ।११ वर्षीय अहद निजामले आफ्नी आमामार्फत रिट दायर गर्दै पबजी गेमले हिंसा, आक्रोश तथा साइबर बुलिङलाई बढावा दिएको बताएका छन् ।पबजी अर्थात प्लेयर अननोन्स ब्याटलग्राउण्ड एक अनलाइन खेल हो ।

रिट दायरकर्ताका वकिल तनवीर निजाम भन्छन्, ‘रिटमा हिंसामुखी अनलाइन सामग्री समयसमयमा अनुसन्धान गरिनुपर्ने र अनलाइन आचारसंहिता समीक्षा समिति गठन गर्नका लागि केन्द्रलाई निर्देशन दिइनुपर्ने माग गरिएको छ ।’

अहदले उच्च अदालतले महाराष्ट्र सरकारलाई पबजीमाथि प्रतिबन्ध लगाउन निर्देशन दिनुपर्ने पनि बताए । उनले केन्द्रीय सूचना मन्त्री रविशंकर प्रसाद, महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीस तथा महाराष्ट्र सरकारका शिक्षा मन्त्री विनोद तावडेलाई पत्र लेख्दै यो खेलमाथि प्रतिबन्ध लगाउन अनुरोध गरेका छन् ।

योे मुद्दा मुख्य न्यायाधीश एनएच पाटिलको अध्यक्षताको एउटा बेञ्चले हेर्ने सम्भावना रहेको बताइएको छ ।केही समय पहिले गुजरात सरकारले यो खेलमाथि प्रतिबन्ध लगाएको थियो । पछिल्लो समय यस खेलको लतले युवाहरुमा मानसिक समस्या बढ्दै गएको अनुसन्धानहरुले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार