राजनीति
पोखरा- बलिउडका चर्चीत अभिनेता सलमान खानको फिल्म ‘दंबग ३’पनि चाडै बन्ने भएको छ। फिल्म ‘दंबग ३’का लागि भिलेन को बन्ने अन्तत फिक्स भएको छ ।
भारतीय मिडिया रिपोर्टका अनुसार यस फिल्मका लागि सुदिप विलेनको रुपमा दंबग ३ मा देखिने भएका छन् । दंबग १ मा सोनु सुद भिलेन रहेका थिए भने दंबग २ मा प्रकाश राज भिलेन रहेका थिए ।
भिलेनका कारण पनि यी फिल्महरु चर्चामा रहेका थिए । छिट्टै नै सुटिङका लागि जाने तयारीमा रहेको दंबग फिल्म निर्माण टोलीले भिलेनको निर्णय पनि टुंगाएको हो ।
सलमान खानले सुदिपको नाम लिदै ट्वीटमा उनलाई शुभकामना दिएका छन् ।दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता सुदीपले अन्य फिल्ममा पनि भिलेनको रोलमा देखिएका छन् ।