logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

बलिउड अभिनेता रणवीर स्टेजबाटै हाम फाल्दा यस्तो भयो, फ्यान घाइते.. भिडियो


  • राजनीति
  • बिहिबार, माघ २४ २०७५

आफ्नो आगामी चलचित्र ‘गल्ली ब्वाय’ को प्रचारमा बलिउड अभिनेता रणवीर सिंह  रहेका छन् । स्टेजबाटै हाई एनर्जी भएका रणवीर हाम फालेपछि फ्यानहरुलाई भारी परेको छ ।

हालै रणवीर मुम्बइमा आयोजना गरिएको एक कार्यक्रममा पुगेका थिए । उनि त्यहाँ आफ्नो चलचित्रको प्रमोशन गर्न पुगेका हुन् । सो समय रणवीर स्टेजमा चढेसँगै तल उभिएका दर्शकमाथि हाम फाले ।रणवीरको सो जम्पका कारण तल उभिएका दर्शकलाई चोट लाग्यो । सो घटनाको सामजिक सञ्जालमा माजकको बिषय बनेको छ । सामजिक सञ्जाल प्रयोगकर्ताले रणवीरलाई लेखेका छन् ” रणवीर अब केटाकेटी जस्तो हर्कत बन्दगर ‘

उक्त घटना बारे भारतीय पत्रिकाले एक तस्विर छापेको छ । जसमा रणवीरले हामफालेपछि एक महिला भुइमा लडेकी छन् । वास्तवमा चलचित्र कलाकारको यस्तो कृयाकलापबाट दर्शक भने हैरान हुने गरेका छन् ।यसअघि पनि रणवीरले ‘गल्ली ब्वाय’ को अर्को एक कार्यक्रममा यस्तै हाम फालेका थिए । रणवीरको चलचित्र ‘गल्ली ब्वाय’ आउदो भ्यालेन्टाइन डेको अवसमा रिलिज हुदैछ । चलचित्रमा रणवीरसँगै आलिया भट्ट पनि मुख्य भूमिकामा रहेकी छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार