logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

‘प्रचण्ड’की नातिनीको ‘मारुनी गीत’


  • राजनीति
  • मंगलबार, माघ २९ २०७५

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मिता दाहालसँग  गीत संगीतमा फरक प्रयोग रुचाउने संगीतकार तथा गायक चेतन सापकोटाले‘मारुनी गीत’ गाएका छन् ।

विस्टार नेपाल यूट्यूब च्यानल माफर्त उनले दाहालसँग गाएको गीत  सार्वजानिक गरिएको हो । गीतमा संगीत पनि चेतन सापकोटाकै रहेको छ, भने शब्द बिष्णु प्रसाद घिमिरेले कोरेका हुन् ।

गीतको एक भिडियो पनि निर्माण भएको छ । शिशिर खातीको निर्देशन रहेको भिडियोमा स्वयम् चेतन सापकोटा, प्रियंका भण्डारी, कमल श्रेष्ठ, बिष्णु, मेलिना र चितवनका थारु कलाकाहरुको अभिनय रहेको छ ।
टेकेन्द्र शाहको सम्पादन, राम केसीको छायांकन रहेको गीतको भिडियोमा थारु समुदायले माघी मेलाको समय गर्न रमाइलोपक्ष समेटिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार