राजनीति
रसियाको काजानस्थित एक बैंकले ऋण नदिएपछि एक युवतीले बैंक म्यानेजरलाई फकाउन आफ्नो कपडा फुकालेर सबै देखाइन।अडिटी सेन्ट्रलका अनुसार २५ वर्षे युलिया कुजमिना नयाँ कार किन्नका लागि बैंकसँग ऋण लिन चाहन्थिन् । यसका लागि उनले सबै फारम भरिन् तर बैंकले उनको निवेदन खारेज गरिदियो । ऋण प्रबन्धक (लोन म्यानेजर) सँग अनुनय बिन्ती गरेपछि आफूले ऋण नपाउने पक्का भएपछि कपडा फुकालेर फकाउने कोसिस गरिन् ।
रसियाको सोसल मिडिया साइट कोन्ताक्तेमा भाइरल भएको भिडियोमा देखिए अनुसार उनी नाम नखुलाइएको बैंकका ऋण प्रवर्तकको अगाडि बसिरहेकी छिन् । उनको निवेदन अस्विकार भएपछि उनी जुरुक्क उठ्छिन् र भटाभट आफ्नो लुगा खोल्न थाल्छिन् । उनले ती म्यानेजरलाई केही भनिरहेको पनि देख्न सकिन्छ । ती ऋण प्रबन्धक भने टाउको हल्लाउँदै अस्विकार गरिरहेका छन् ।
https://youtu.be/-2oi2AuUFqI
अन्त्यमा ब्रामा मात्रै देखिएकी कुज्मिनाले त्यो पनि खोल्छिन् । यति भइसक्दा पनि म्यानेजरले अस्विकार गरिरहे । त्यसपछि ती म्यानेजर आफ्नो डेस्कबाट उठ्छन्, नग्न ग्राहकको अगाडि जान्छन् उनको कोट जिम्मा लगाइदिन्छन् । त्यसपछि उनले ती ग्राहकलाई बैंक बाहिर जाने बाटो देखाइदिन्छन् ।
डेली मेलको रिपोर्ट अनुसार जब उनको भिडियो अनलाइनमा भाइरल भयो तब कुजमिनाले पत्रकारलाई भनिन्, ‘म निकै समस्यामा छु । जसले मेरो आलोचना गरिरहेका छन् उनीहरुलाई मेरो ठाउँमा बसेर सोचिदिन आग्रह गर्छु ।’केही स्रोतले युलिया स्ट्रिपरको काम गर्ने दाबी गरेका छन् तर यसबारे पुष्टि हुन बाँकी छ । एउटा कुरा पक्का छ कि उनले ऋण पाइनन् ।
बैंक म्यानेजरको यस्तो क्रियाकलाप देखेर कतिले उनलाई ‘बोरिङ’ र ‘गे’ भने । यहाँ याद गर्नुपर्ने कुरा के छ भने, यो बैंक हो, जहाँ जताततै क्यामरा लगाइएका हुन्छन् । यी म्यानेजरले ‘स्मार्ट’ तरिकाले घटनाको सामना गरेका हुन् ।