राजनीति
आश तमु- गुरुङ संस्कृतिमा आधारीत नेपाली कथानक चलचित्र युके सुइटरको आज पोखरामा निर्माता टोलीले पत्रकार सम्मेलन गरी सार्वजनिक मिति घोषणा गरेको छ। गुरुङ सस्कारमा निकै प्रचलित युके सुइटरको महत्वलाई दर्शाएर निर्माता कम्पनीले चलचित्र बनाएको लेखक तथा निर्देशक गुन्जमान गुरुङले बताए।
गुरुङ समाजमा लाहुरे प्रथा निकै प्रचलनमा रहेको र अधिकाश गुरुङहरु लाहुरे भए पछी हाम्रो समाजको महिलाहरुले युके सुइटरलाई निकै महत्वका साथ लिने हुदा यहि परिवेशलाई लिएर प्रेम कथामा आधारित तर गुरुङ संस्कृतिलाई झलकाउने गरी चलचित्र निर्माण गरिएको गुरुङले बताए।
अहिले थुप्रै गुरुङ भाषा अनि संस्कृतिमा चलचित्र बने तर पनि निर्देशकले उत्कृष्ट लेखन र कथा छनोट गर्न नसक्दा चलचित्रले सफलता पाउन नसकेको र बजार लिन नसकेको बताए।हामीले भरपुर प्रयास गरेका छौ। चलचित्र लाई कसरी राम्रो बनाउन सकिन्छ भनेर ,कलाकारहरुले पनि आफ्नो भुमिका निकै राम्रो निभाएको छ उनले भने ।
चलचित्र गुरुङ भाषा अनि संस्कृतिमा आधारित भए पनि चलचित्र तनहुको दवाङ गाउमा छायाङ्कन गरिएको बताए। चलचित्रले दवाङ गाउको पर्यटन बिकास,त्यहाको गुरुङ अनि मगर सस्क्र्तिको पनि झल्को पस्केको उनले बताए।चलचित्रले पहिलो सो हङकङमा देखाई सकेको बताए ।२० लाख लगानीमा बनेको चलचित्रले ५० % लगानी उठाई सकेको बताउदै आगामी अप्रिल मे तिर युकेमा पनि शो देखाउने तयारी भएको बताए।
चलचित्रमा गुरुङ चलचित्र एसोसियन हङकङका अध्यक्ष समेत रहेका रुम गुरुङ मुख्य नायकको भुमिकामा रहेका छन। त्यसैगरी नायिकाको रुपमा रिया गुरुङ अनि अनि बिपिना गुरुङको मुख्य भुमिका रहेको चलचित्र यहि फागुन ४ गते पोखराको विन्ध्यावासीनि चलचित्रहलमा बिहान ९।१२।अनि३ बहे गरी ३ सो देखाइने गुरुङले बताए।