logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

सामाजिक सञ्जाल फेसबुक ट्वीनटरमा नर्सले कण्डम नाकमा फुकेको भिडियो भाइरल हेर्नुस


  • राजनीति
  • शुक्रबार, फाल्गुन ३ २०७५

अहिले सामाजिक सञ्जालको जति उपयोग भएको छ उती नाइ यसको दुरुपर्योग पनि उतिकै भएको छ।सामाजिक सञ्जाल फेसबुक ट्वीनटर अहिले टिकटक निकै युवा पुस्तामा प्रचलित भएको छ।
त्यस्तै अहिले समाजिक सञ्जाल टिकटक र फेसवुकमा एउटा भिडियो निकै भाइरल भएको छ। कुनै फार्मेसीको स्टोर रुममा एक महिला नर्सले कण्डम फुलाएर आफ्नो नाकमा राख्दै “ओेए हेर्त मेरो नाकके भयो भन्दै देखाएका छन भने एक पुरुषको हातले तेस्लाई हिर्काई रहेको देखिन्छ।

के तपाईं सफल हुन चाहानु हुन्छ ? अत्यधिक सफल हुनेे महिलाहरुका १० टिप्स यस्ता छन्

कुनै सफल हुन चाहाने हरेक महिलालाई कुनै पनि व्यवसायमा स्थापित हुन गाह्रो छ । तपाईंलाई लाग्न सक्छ कि तपाईं पुरुषसँग प्रतिस्पर्धा गरिरहनुभएको छ वा तपाईंबारे धेरैले कुरा गरिरहेका छन्, तपाईंलाई ‘जज’ गरिरहेका छन् । तर एक महिला भएको नाताले हामीले एक अर्कालाई सहयोग गर्नुपर्छ र सफलताको भ–याङ चढ्नका लागि अपनाइने विभिन्न ‘टिप्स एण्ड ट्रिक्स’ साझा गर्नुपर्छ । हरब्यूटीले यहाँ यस्ता १० टिप्सबारे जानकारी दिएको छ ।

१. सफल महिलाले आफूलाई सधैं सिक्ने कुरामा खुल्ला छोडेका हुन्छन् । उनीहरुले शिक्षालाई उच्च प्राथमिकता दिएका हुन्छन् । यदि कोही महिलाले आफूलाई सर्वज्ञानी ठान्छिन् भने उनले आत्मविकासका लागि धेरै कुरा छुटाउन सक्छिन् ।

२. उनीहरु दृढ हुन्छन् र कहिले पनि हार मान्दैनन् । कार्यस्थलमा गरिने घोचपेच वा प्रोमोशनको कुनै अवसर नहुने हो भने आफूलाई उक्त काममा टिकाइराख्न निकै गाह्रो हुनसक्छ । तर जेके राउलिङ जस्ता गरिब र एकल आमाले हामीलाई दृढ संकल्पले कुनै पनि व्यक्तिलाई आइकनको रुपमा परिवर्तन गर्नसक्छ भन्ने कुरा सिकाउँछिन् ।

३. उनीहरुले समुदायका अन्य महिलालाई पनि सफल हुन सहयोग गर्छन् । समुदायका अन्य महिलाका लागि वकालत गर्नु र विभिन्न अवसरबारे जानकारी दिँदा यसले समुदायमा माया र सहयोगको वातावरण सृजना हुन्छ ।

४. उनीहरुले जहिल्यै बिहान आफ्नो बेड मिलाउँछन् । निकै व्यस्त दिनमा पनि । यसले सानो उपलब्धिको महसुस गराउँदै दिनभरीका समस्यासँग जुध्न र सकारात्मक सोचाईको लागि उत्प्रेरणा दिन्छ ।

५. उनीहरुको व्यवहारले उनीहरुको मानसिकता दर्साउँछ । सफल महिलाले आफ्नो दिनको सुरुवात स्मार्टफोन स्क्रोल गरेर बिताउँदैनन् । उनीहरुले योगा वा ध्यानमार्फत् दिन सुरु गर्छन् र दिनभरीका लागि के गर्ने कसो गर्ने भन्ने कुरामा केन्द्रित हुन्छन् ।

६. उनीहरुले प्राप्य लक्ष्य निर्धारण गर्छन् र त्यसलाई पछ्याउँछन् । लक्ष्य निर्धारण गर्दा निकै रमाइलो लाग्न सक्छ तर यो सही तरिकाले गरिएन भने यसले निराशा पनि निम्त्याउन सक्छ । यदि स–साना लक्ष्य निर्धारण गर्ने बानी बसेको छ भने ठूला लक्ष्य पनि तपाईंलाई मन्द हावाजस्तो लाग्न सक्छ ।

७. उनीहरु निकै संगठित हुन्छन् । दिनभरी गर्नुपर्ने कार्यको सूची तयार गर्नु र यसकै आधारमा आफूलाई ढाल्नु सफलताको सबैभन्दा मुख्य पाटो हो ।

८. उनीहरुले आफूले आफैंलाई चुनौती दिन्छन् र भयरहित बाँच्छन् । समस्याबाट निस्कनका लागि प्रत्येक दिन एउटा अवसर हो, र यो कुरा सफल महिलालाई राम्रोसँग थाहा हुन्छ । कुनै पनि सफल महिलाको सबैभन्दा उत्कृष्ट सीप भनेको समस्यासँग नडराउनु हो ।

९. उनीहरुले सबैकुरा एकै ठाउँ मिलाउँछन् । केही कुरा नौलो गर्न खोज्नु सफल हुनुको एउटा सिक्रेट हो । यसले तपाईंलाई आफ्नो ‘कम्फर्ट जोन’ बाट बाहिर निकाल्छ र यसमार्फत तपाईं आफैंमाथि विश्वास गर्न थाल्नुहुन्छ । केही नयाँ व्यवसाय सुरु गर्ने बेला यो कुराले तपाईंलाई निकै सहयोग गर्नसक्छ ।

१०. उनीहरु कहिले पनि आफूलाई अन्य सफल महिलासँग दाँजो गर्दैनन् । उनीहरुले अन्य सफल महिलालाई प्रेरणाको रुपमा हेर्छन् र रोल मोडलको रुपमा अँगाल्छन् । महिला तपाईंका प्रतिस्पर्धी होइनन्, तपाईं हामी दिदी बहिनी हौं र हामी एउटै समूहमा छौं । फरक यत्ति हो कि हाम्रो बाटो अलग छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार