राजनीति
बालुवाटारको निर्देशनमा पशुपति शर्माको युट्युव च्यानलबाट हटाइको गित लुट्न सके लुट कान्छा’ बोलको गित यतिवेला निक्कै चर्चाको शिखरमा रहेको छ । अधिकासले गितको पक्षबाट ओकाल गरेको भए पनि नगन्य मात्रामा बिरोधका स्वरहरु समेत सुनिएकाछन । खास कस्तो छ त शब्द चयन हेर्नुस् ।
१. हाम्रा गाउँको एउटा भाई थाई शिक्षकमा लड्यो ।
थाई शिक्षक हुन्छु भनी पढनुसम्म पढयो ।
बल्ल-बल्ल नाम निकाल्यो अहिले जागिर खान्छ ।
तेस्कै छोरो पढ्न फेरि बोर्डिङतिर जान्छ ।
लुट्न सके लुट कान्छा लुट सके लुट ।
अरु देशमा पाईदैन नेपाल मै हो छुट ।
२. डाक्टरले नि जागिर यहाँ सरकारी कोटामा खान्छ ।
बिरामी जाँच्न फेरि क्लिनिकतिर तान्छ ।
हाम्रा गाउँको अर्को भाईले सुब्बामा जागिर खायो ।
दुई बर्षमै घर ठड्यायो काँ’बार पैसो आयो ।
लुट्न सके लुट कान्छा लुट सके लुट ।
अरु देशमा पाईदैन नेपाल मै हो छुट ।
३. गणतन्त्र ल्यायेम भन्छम फालेम भन्छन राजा ।
तै फालेका राजा जस्ता कैयौं निस्के आज ।
जनताको मुटुभित्र काँडा कति-कति ।
डेढ अर्बको हेलिकप्टर चढ्छन राष्ट्रपति ।
लुट्न सके लुट कान्छा लुट सके लुट ।
अरु देशमा पाईदैन नेपाल मै हो छुट ।
४. वाइडबडी जहाज किने अरे लुट्नुसम्म लुटे ।
सुनकाण्ड खै कहाँ पुग्यो जेल मै छन कि छुटे ।
ठूलै नेता भ्रष्टाचारी न डराउँछन्-लुक्छन् ।
कार्याकर्ता कै बुझ्दैनन्, कुकुर जस्तै भुक्छन् ।
लुट्न सके लुट कान्छा लुट सके लुट ।
अरु देशमा पाईदैन नेपाल मै हो छुट ।
५. हजुर बा नि यसै मरे बाउ नि यसै मर्छन् ।
हाम्रो पनि त्यै हो गति बिकास कैले गर्छन् ।
गर्ने काम केहि हैन ठूला-ठूला भाषन ।
स्वर्ग जस्तो देशमा हजुर यमराजको शासन ।
लुट्न सके लुट कान्छा लुट सके लुट ।
अरु देशमा पाईदैन नेपाल मै हो छुट ।
६. सडकतिर त्यस्तै जात्रा ट्राफिक लाइट छैन ।
ट्राफिक पुलिस सिट्टी फुक्छ कोइले सुन्ने हैन ।
तेति जाबो ट्राफिक लाइटलाई कति लाउँछ खर्छ ?
हाम्ले भन्न पर्ने हो कि आफैं बुझ्न पर्छ ।
लुट्न सके लुट कान्छा लुट सके लुट ।
अरु देशमा पाईदैन नेपाल मै हो छुट ।
७. ठेक्दारले नि टेण्डर पार्छ लिन्छ ठेक्कापट्टा ।
झनै बिजोक पार्छ, छोड्छ काम भ्याउनुको सट्टा ।
यता गयो लुटेकैछन लुट्छन उता गयो ।
सबजनालाई लुट्नै पर्छ भन्ने मात्रै भयो ।
लुट्न सके लुट कान्छा लुट सके लुट ।
अरु देशमा पाईदैन नेपाल मै हो छुट ।
८. ल्याङलुङ गर्ने हल्ला गर्ने ठूला मान्छे बन्छन् ।
तँलाई सोझो भन्दैनन भाई नामर्द हो भन्छन ।
अब गर्न छोड्दे कान्छा आदर्शको खेती ।
केहि न केहि त बुझिस होला भने पछि यति ।
लुट्न सके लुट कान्छा लुट सके लुट ।
अरु देशमा पाईदैन नेपाल मै हो छुट।
(शब्द-सङ्गीत-स्वरः पशुपती शर्मा)