logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

भारत पाक समबन्ध बिग्रिदै सलमानको फ्लिम”भारत”लाई पाकिस्तानले लगायो रोक….


  • राजनीति
  • सोमबार, फाल्गुन ६ २०७५

एजेन्सी– बिहिबार भारत प्रशासित कश्मिरको पुलवामा भएको आक्रमणपछि भारत र पाकिस्तानको समबन्ध लगभग भएको छ । भारत पाअकिस्तान सँग जोडिएका अनेक समाचार बाहिर आइरहेका छन् । र, यही शृङ्खलामा अब आएको छ अर्को समाचार । समाचार हो– बलिउड अभिनेता सलमान खानसँग जोडिएको ।

पाकिस्तानमा सलमान खानको नयाँ फिल्म ‘भारत’ रिलिज नगर्न त्यहाँको फिल्म बोर्डले आदेश जारी गरेको छ । सलमान खानको नयाँ फिल्म ‘भारत’ २०१९ को इदको मौका पारेर रिलिज हुँदै थियो ।

पाकिस्तानको सूचना मन्त्रालयले इदको अवसर पारेर त्यहाँ भारतीय फिल्म रिलिजमा बन्देज लगाएको हो । पाकिस्तानमा यसअघि सलमानका फिल्महरुले राम्रो कमाएका त थिए । त्यही नियमका कारण अब सलमान खानको फिल्म पाकिस्तानमा इदमा रिलिज हुनबाट रोकिएको छ ।

सलमानको यो फिल्म भारतमा र अन्य ठाउँमा ५ जुनमा रिलिज हुँदैछ । फिल्ममा सलमान ७ विभिन्न अवतारमा छन् । उनका साथै क्याटरिना कैफ, ज्याकी श्राफ पनि फिल्ममा छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार