logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

नेपथ्यले गाएको स्व.रबिन्द्र अधिकारीको चर्चित गित (सुन्नु भएको छ) ?


  • अखिल बिश्वकर्मा
  • आइतबार, फाल्गुन १९ २०७५

ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका स्वर्गिय रवीन्द्र अधिकारी २०७४ साल चैत्र २ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्नु भएको थियो । नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै नेपाली राजनीतिमा उदाएका नेकपाका प्रतिभाशाली युवा नेता तथा कास्कीबाट प्रत्यक्ष निर्वाचित सांसद रवीन्द्र अधिकारी पर्यटन मन्त्रीको रुपमा वर्तमान सरकारमा जिम्मेवारी पाएका थिए । आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सधै देश र जनताको बारेमा सोच्ने अधिकारी सवै नेपाली जनताको प्रिय साझा नेता थिए ।

२०२६ बैशाख २२ गते आइतबार कास्की जिल्लाको भरतपोखरी गाबिस जामुनाबोटमा आमा लक्ष्मी अधिकारी र पिता इन्द्र प्रसाद अधिकारीका जेष्ठ सुपुत्रको रुपमा जन्मिएका अधिकारी, आफ्नो गाउँकै श्री ब्रह्म ज्योति प्रा.बी शान्ति पंधेरा गैरागाँउबाट प्राथमिक शिक्षा र शान्ति उदय मा.बि.(हालको उच्च माबी) बरपाण्डेथुम बाट माध्यामिक शिक्षा हासिल गर्नु भएको थियो । सानै उमेर देखि राजनीतिक गतिबिधिमा चासो राख्ने अधिकारी बिद्यालयमा अनेरास्वबियु, रेडक्रस, र क्लबहरुमा संलग्न हुनुहुन्थ्यो ।

बिद्यालय देखि नै राजनितिमा चासो राख्ने हुनाले क्याम्पस पुगे पछि विद्यार्थी राजनैतिक गतिबिधिमा सक्रिय रहनु मात्र भएन, २०४४ सालमा अनेरास्वबियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष, २०४५ सालमा स्वबियु पृथ्वीनारायण क्याम्पस सदस्य ,२०४५ सालमा नै अनेरास्वबियु कास्की जिल्ला कमिटी अध्यक्ष,२०४७ सालमा गण्डकी अन्चल अध्यक्ष तथा अनेरास्वबियु केन्द्रीय सदस्य र २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरा र २०५३ सालमा त्रिभुवन बिश्वबिद्यालय केन्द्रीय क्याम्पस किर्तीपुरमा स्वबियु सभापति निर्वा्चित हुनु भएकाे थियाे ।

२०५६ सालमा अनेरास्वबियुका केन्द्रीय अध्यक्ष बन्नू भएका अधिकारी २०५३ सालमा नै स्वबियु काउन्सिल नेपालका संयोजक निर्वा्चित हुनु भएको थियो ।

त्रि.बि. बाट ब्यबस्थापनमा स्नातकोत्तर गर्नु भएका उंहाले संबिधान सभा लोकतन्त्र र पुनर्संरचना पुस्तक २०६३ मा प्रकाशित गर्नु भएको छ । बिगत दुई दशक देखि उंहाका सयौ अनुसन्धान र राजनितिक लेखहरु छापिएका छन् ।

नेकपा एमाले पार्टी राजनीतिमा
२०४५ सालमा पार्टीको संगठित सदस्यता प्राप्त गर्नु भएका अधिकारी २०३९ सालमा पार्टीको रेडगार्ड अर्गनाइजेसनमा संगठित हुनु भएको थियो । २०४०मा इलाका पार्टी कमिटीमा,२०४६/ ४७ मा पोखरा नगर कमिटी र २०४८ मा पार्टी जिल्ला कमिटीमा र त्यस पछि लगातार जिल्ला कमिटीमा सक्रिय रहनु भएकाे थियाे ।

२०६०मा पार्टीको कास्की जिल्ला कमिटीको सचिब र ०६३ मा पनी पुनस् सचिबमा निर्वा्चित हुनु भयो । ०६२/६३ को अन्दोलन र त्यस अगाडिको प्रतिगमन बिरुद्धको आन्दोलनमा पटक पटक गरी पाँच महिना जेल बस्नु भयो ।

रबिन्द्रले  लेखेको एउटा चर्चित गित

रबिन्द्र राजनीतिमा जति चर्चा र संभावना बोकेका नेता थिए कला साहित्य लेखनमा पनि उत्तिकै चर्चामा रहेका ब्यक्ति थिए । उनले लेखेको जोमसोमै बजारमा बाह्र बजे हावा सरर …… भन्ने गित अतिनै चर्चामा रहेको लोकप्रिय गित हो । नेपथ्य ब्यान्डको यो गितमा आवाज भने ब्यान्डका भोकलिष्ट अमृत गुरुङले दिएका छन । यो गित रबिन्द्र अधिकारीले नै लेखेका हुन ।

 

 

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार