logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

“म बिना कसैकसैलाई… पोखरामा” गायक प्रमोद खरेलको पोखरा एकल साझँ हुदैँ


  • आश तमु
  • मंगलबार, चैत्र ५ २०७५

पोखरा- चैत २२ गतेका दिन पोखरेलीले गायक प्रमोद खरेलको एकल साझ रमाउन झुम्न पाउने भएका छन् । एभिन्यू ग्रुप अफ कमर्सको आयोजना तथा मनिटरिङ पिस फाउन्डेसनको सहआयोजनामा पोखरामा ‘पोखरामा प्रमोद खरेल’ कार्यक्रम हुन लागेको हो । जस्को स्थानीय आयोजक बार्दली मिडिया प्रालीले गरेको छ ।
‘पोखराले संगीतलाई माया र सम्मान गर्छ भन्न पनि यो कार्यक्रम गर्न लागेका हौं ।’ स्थानीय आयोजक मन क्षेत्रीले भने ।

कार्यक्रममा प्रमोदसँगै हास्यव्यंग्य कलाकार मनोज गजुरेल, अभिनेत्री केकी अधिकारी, मीना निरौला लगायत कलाकारको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ । प्रमोदले आफ्ना विभिन्न ३० भन्दा गीत सुनाउने छन् । कार्यक्रम साँझ ४ बजेदेखि पोखरा सभागृहमा हुनेछ ।

‘कार्यक्रमको सुरुआत गायिका मीना निरौलाले गीत गाएर गर्नेछिन्, त्यसपश्चात प्रमोद स्टेजमा उभिनेछन् र बीचबीचमा मनोज गजुरेलको प्रस्तुति रहनेछ,’ स्थानीय आयोजक बार्दली मिडियाका मन क्षेत्रीले भने, ‘लाइभ संगीत र बाद्यवादनमा उनले आफ्नो प्रस्तुति दिनेछन् ।’

करिब २५ लाख खर्च हुने अनुमान आयोजकको छ । कार्यक्रममा प्रवेशका लागि आयोजकले २ सय र ५ सय रुपैयाँको टिकट व्यवस्था गरेको छ । डिजिटल मार्केटको लक्ष्य लिएर अघि बढेको ंआयोजक संस्था एभन्यू ग्रुप अफ कमर्शले कम्पनी तथा संगीत दुवैको विज्ञापनका लागि कार्यक्रम गर्न लागेको बताएको छ ।  सहआयोजक संस्थाले मानसिक रोगीका लागि काम गर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार