logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

पोखरामा यसरी मनाए प्रदीप जसिताले होली हेर्नुस


  • राजनीति
  • बिहिबार, चैत्र ७ २०७५

चलचित्र ‘लभ स्टेशन’को टिम सहित पोखरा पुगेका प्रदीप र जसिताले पोखरामा होली मनाएका छन् । बुधबार बिहानै एकअर्कालाई रङ लगाइदिएर होली मनाएका हुन् । मंगलबार पोखरा आइपुगेको ‘लभ स्टेशन’ टिमको बुधबार पोखरा लेकसाइडमा होली बिशेष भब्य कार्यक्रम गरेको छ ।

एकबिहानै तालबहारी मन्दिर दर्शन गरेका प्रदीपले पोखराका दर्शकको माया सधैँ आफूलाई रहने बिश्वास राखे । ‘यसबर्ष पोखराका दर्शकसँग होली मनाउने अवसर मिल्यो खुसी लागेको छ ।’ प्रदीपले भने । यस्तै नायिका जसिताले पनि आफ्नो जन्मथलो पोखरामा १३ बर्षपछि आएर होली खेल्न पाउँदा निकै खुसी लागेको बताइन् । ‘म पोखरामै जन्मिएकी हुँ, त्यसैले पनि पोखरासँग आत्मिय सम्बन्ध छ, आज होली पोखरामै खेल्न पाइयो निकै खुसी छु’ जसिताले भनिन् ।

मंगलबार दिउँसो पोखरा आइपुगेको चलचित्र टिमले पत्रकार भेटघाट कार्यक्रम गरी चलचित्र बारे जानकारी गराएको थियो । उज्जवल घिमिरे निर्देशीत यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । लभ स्टेशन काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।

आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । जसमा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार