logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

लमजुङ दुर्छामा ठुलो धनराशीको फुटबल सहित चैत दशै मेला हुदैँ


  • आश तमु
  • बुधबार, चैत्र २० २०७५

आश तमु,पोखरा- लमजुङ मध्य नेपाल नगरपालिका ८ डडुवा दुर्छामा चैते दशै मेला एवम फुटबल प्रतियोगिता हुने भएको छ । राष्ट्र बिकासमा युवाहरुको प्रतिवद्द्ता लगनशिल शिर्जनशिल सहभागिता भन्ने नाराका साथ चैत दशै २०७५ को अवसरमा क्रियटिभ युथ क्लवले मेलाकोको आयोजना गर्न लागेको हो ।

क्लवले बिगत बर्षलाई झै निरन्तरता दिदै मेलाको आयोजना गर्न लागेको हो । क्लबले दिएको जानकारी अनुसार यस एतिहसिक चैतदशै मेलाको मुख्य आकर्षक राष्ट्र्व्यापी खुल्ला रनिङ सिल्ड ७ साइड प्रतियोगिता विभिन्न सास्कृतिक कार्यक्रम ,ठेलो,लोकदोहोरी ,लम्जुङे ठाडो भाका आदि रहने बताए।
चैत २४ गतेबाट सुरु हुने प्रतियोगिताकाे लागि टिम दर्ता सुरु समेत भएकोक्ल्बले बताएको छ।दक्ष खेलाडि उत्पादन सँगै खेलकुदको माध्यमबाट गाउँलाई विकास र बनाउने उद्देश्यका साथ प्रतियोगिता सञ्चालन गर्न लागेको कार्यक्रमका अध्यक्षले बताए।प्रतियोगितमा पुरुष तर्फ प्रथम पुरस्कार नगद एक लाख पचास हजार रुपैयाँ, रनिङ सिल्ड, मेडल र प्रमाणपत्र, द्वितिय पुरस्कार नगद ८० हजार, मेडल र प्रमाण पत्र रहेको छ । खेलमा म्यान अफ द म्याच ,सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडी छनौट गरी पुरस्कृत गरिने अध्यक्षले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार