logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

नायिका कंगनाले सडकमा पानीपुरी खाएपछी तस्बिर भाइरल


  • एजेन्सी
  • शुक्रबार, चैत्र २२ २०७५

एजन्सी– बलिउड अभिनेत्री कंगना रनौट फिल्म ‘पंगा’ को शुटिङको लागि दिल्लीमा रहेकी कंगना हालै सडकछेउमा उभिएर पानीपुरी खाइरहेको अवस्थामा देखिएकी थिइन्। पानी पुरी खाँदै गरेकी उनको फोटो उनको टीमले आफ्नो इन्स्टाग्राममा पाेष्ट गरेको थियाे।

पानीपुरी खाँदै गरेको कंगनाको फोटो यतिवेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। यो फोटोले उनको २०१४ मा प्रदर्शन भएको फिल्म क्वीनकी रानीको याद दिलाउँछ।

केही समयअगाडी मात्रै कंगनाले फिल्म ‘पंगा’को लागि कबड्डीको अभ्यास गर्दै गरेको तस्बिर समेत सामाजिक सञ्जालामा भाइरल भएको थियो।

कंगनासँग पंगा बाहेक अरु दुई फिल्म छन्। यसपछि कंगना फिल्म ‘मेन्टल है क्या’ र जयललिताको वायोपिकमा देखिनेछिन्।

केहि समयअघि उनको फिल्म मणिकर्णिका प्रदर्शन भएको थियो। फिल्मलाई दर्शकले मन पराएका थिए। जसमा उनी रानी लक्ष्मीवाईको भूमिकामा देखिएको थिइन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार