logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

आजको हास्य टेलिश्रृंखला ‘भद्रगोल’ प्रसारण किन रोकियो ? यस्तो छ कारण…..


  • राजनीति
  • शनिबार, चैत्र २३ २०७५

नेपाल टेलिभजनबाट हरेक शुक्रवार साँझ प्रसारण हुने हास्य टेलिश्रृंखला ‘भद्रगोल’ सर्वाधिक रुचाईएको टेलिश्रृंखला हो । लाखौं नेपाली भद्रगोलको नयाँ एपिसोड हेर्ने आशमा शुक्रवारको व्यग्र प्रतिक्षामा हुन्छन् । युट्युबमा सर्वाधिक हेरिने हास्य टेलिश्रृंखला ‘भद्रगोल’ शुक्रवार साँझ युट्युबबाट भने प्रसारण भएन ।

‘एपि वन’ टेलिभिजनबाट प्रसारण हुने ‘को बन्छ करोडपति’को सामग्री भद्रगोलको २०५औं श्रृंखलामा समावेश गरिएको रहेछ । सम्बन्धित निकायको आधिकारिक सहमतिपत्र प्राप्त भएपछि मात्रै युट्युबमा प्रसारण गर्नेछौं भन्ने ३० सेकण्डको सूचनाले ‘भद्रगोल’का युट्युब दर्शकको हाँस्ने चाहनामा पूर्णविराम लगाइदिएको छ ।


विडम्वना केही युट्युव संचालकले भद्रगोलको आधिकारिक सूचना सार्वजनिक हुँदा हुँदैपनि नेपाल टेलिभिजनमा प्रसारण भएको भद्रगोलको २०५औं श्रृंखला आफ्नो च्यानलबाट सार्वजनिक गरिदिएछन् । यसबारे कस्तो कदम चाल्ने त्यो निर्णयबारे भद्रगोल निर्माण युनिटले नै सोच्ला । तर गैरकानुनी ढंगले यसरी अरुको सम्पतिको प्रयागगरी लाभान्वित हुने छुट कसैलाई छैन ।जनता समाचारले लेखेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार