logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

ब्रेकिङ न्युज: चर्चित बलिउड चलचित्र उरी: द सर्जिकल स्ट्राइकका अभिनेताको मृत्यु


  • एजेन्सी
  • बुधबार, चैत्र २७ २०७५

चर्चित बलिउड चलचित्र उरी: द सर्जिकल स्ट्राइकका अभिनेता नवतेज हुन्डलको मृत्यु भएको छ । हेपेटाइटस बीसँग हुन्डल लामोसमयदेखि लडिरहेका थिए । उनको एक हफ्तादेखि अस्पतालमा उपचार भैरहेको थियो ।

हुन्डलले उरीमा गृह मन्त्रीको भुमिका निभाएका थिए । यस बाहेक उनले सन् १९९३ मा रिलिज भएको चलचित्र खलनायक , १९९६ को चलचित्र मेरे सपने, १९८६ को चलचित्र अंगारे र सन् २००९ को चलचित्र व्हिस्पररमा अभिनय गरेका थिए । यसका साथै उनले टेलिभिजन शो ‘भारत एक खोज मे’ मा पनि काम गरेका छन् ।

हुन्डल श्रीमति र छोरीहरुसँग बस्थे । उनकी एक छोरी अवन्तिका हुन्डल टिभि शो ‘ये हे मोहब्बते’ मा मिहिकाको भुमिकामा रहेकी छन् । फिल्म उरी २०१९ को अहिलेसम्म सबैभन्दा ज्यादा कमाउने चलचित्र बनेको छ । चलचित्रले २ सय ४५ करोड भारतीय रुपैयाँ कमाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार