logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पब्जी गेमलाइ नेपालमा प्रतिबन्ध : “पब्जीमा भेटेको गर्ल फ्रेन्डलाई पत्र” पढ्नुस


  • राजनीति
  • बिहिबार, चैत्र २८ २०७५

पछिल्लो समय चर्चामा रहेको अन्लाइम गेम पब्जीलाइ सरकारले रतिबन्ध लगाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारदेखि पब्जीखेलमा प्रतिबन्ध लगाएको हो ।आज सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पब्जी खेलका कारण आत्महत्यासम्मको घटना हुन थालेपछि प्रतिबन्ध लगाउन निर्देशन दिएको बताए ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले पब्जी खेलमा प्रतिबन्ध लगाएको पुष्टि गरे । पब्जीका कारण विभिन्न खालका समस्या बढेको गुनासो आएपछि प्रतिबन्ध लगाइएको जानकारी दिए ।पब्जी इन्टरनेटमा खेलिने भिडियो खेल हो । यो अनलाइन खेलको उत्पादन दक्षिण कोरियाली भिडियो गेम कम्पनी ब्लूहोल मातहतको पब्जी कर्पोरेसनले गरेको हो ।

पत्र

प्रिय ,
जाती नै छौ ? म पनि ठिकै छु । बडो दुख लागिरहेको छ । सरकारले त युद्दविराम घोषणा गरेको छ रे । त्यही भएर आतिएर चिट्ठी लेख्दै छु । अब त हामीले बन्दुक उठाउन पाउदैन रे । गोला, बारुद गर्न पाउदैन रे, रेडियोले त्यही भन्दै थियो । बम, बन्दुक उठाउन भन्दा पनि तिम्रो र मेरो भेटै नहुने भयो प्रिय अब । ज्यादै पिर लागिरहेको छ ।

झल्झली आँखैमा घुम्छ पुरानो ती दिनहरु । तिमीलाई याद छ कि छैन हामी भेटेको पहिलो दिन ? तिमी प्याराग्लाइडिङ गर्दै झरेकी थियौ नि मिलिटेरी बेसमा,त्यही दिन म भर्ती भएको थिएँ । भर्ती भएकै दिन त हो नि हाम्रो आँखा जुधेको । हाम्रो गेमको…उप्स प्रेमको मुना पलाएको ।

हिजो जस्तै लाग्छ, स्टेलबेरको डाँडामा बसेर गफ गरेको । अनि झार्कीमा गएर बनभोज खाएको । अब त ती दिनहरु कहिल्यै नआउने भयो है ? जोर्जोपुलको युद्दमा म घाइते हुँदा तिमीले हस्पिटल लगेर मलमपट्टी गरेको दिन पनि मैले भुलेको छैन । पोचिन्कीको नरसंहरबाट तिम्रो ज्यान जोगाएको कुरा पनि तिमीले याद होला नि ? अब त फर्केर आउँदैन होला है ति दिनहरु ?

प्रिय , दुश्मनलाई ढलाएर यसपाली मेरो ‘कन्क्युरर’को तक्मा लगाउने एउटा धोको थियो । तिमीसँग फेरी एकपटक हात समाएर लिपोब्का घुम्न मन थियो । सेल्टरको गुफा छिर्न मन थियो । नोभोमा फ्लेर खोज्नु थियो । तर मेरो मनको धोको मनैमा रहने भयो । घरी घरी हामीले फार्ममा चिकेन डिनर खाएको पलहरु नाचिरहन्छ । साँच्चै बर्ड फ्लु लागेको हल्ला सुनेको थिएँ, कतै बर्ड फ्लु सर्छ भनेर त ‘चिकेन डिनर’ खान बन्द गराएको त हैन ? जे जस्तो भए पनि हामी घुम्ने त्यो इरेङगल जाने बाटो बन्द नगराए हुन्थ्यो । मिरामरमा बन्द नगराए हुन्थ्यो । भिकेन्डी बन्द नगराए हुन्थ्यो । त्यही एउटा बहना त थियो हामीसँग भेट गर्नलाई ।

शत्रु लाग्यो प्रिय हाम्रो गेममा… उप्स प्रेममा । दुश्मनको ‘कार नाइन्टी एट’ले तोडन नासकेको हाम्रो सम्बन्ध सरकार तोड्दै छ । दुश्मनको ग्रिनेटले उडाउन नसकेको हाम्रो सपना सरकार उडाउदै छ । नचहादा नचाहदै तिमीबाट दुरी बढाउनु परेको छ । माफ गर्नु होला प्रिय म फेरी तिम्रो गेममा ..प्रेममा जोडन सकिनँ । सधैं खुशी रहनु । ‘केडी’ बढाउनु । चाँडै ‘एस’मा पुग्नु । दुश्मनले तिम्रो लेभल थ्री हेल्मेट तोडन नसकोस् । आजलाई बिदा ।

उही तिम्रो क्लिक वाइजी

( एउटा भाईले आफ्नो पब्जीमा भेटेको गर्ल फ्रेन्डलाई दिनु भनेर यो पत्र दिएको हो । मैले बिचैमा पत्र खोलेर पढ्दा यस्तो लेखिएको थियो । )पत्रकार युनिस तमुको फेसबुकबाट साभार

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार