logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

आर्यन सिग्देललाई सन्तान लाभ, के पाए सपना भण्डारी सिग्देलले ? हेर्नुस


  • राजनिती न्युज डेस्क
  • शुक्रबार, बैशाख ६ २०७६

पोखरा- नेपाली चलचित्र अभिनेता आर्यन सिग्देललाई आज पुत्र लाभ भएको छ । बसुन्धारामा रहेको चिरायु अस्पतालमा पहिलो सन्तानको रूपमा दिउँसो करिब १२: ३० बजे श्रीमती सपना भण्डारी सिग्देलले छोरालाई जन्म दिएकी हुन् ।पाँच वर्ष अगाडि आर्यन र सपनाको आजकै दिन विवाह भएको थियो । आर्यन र सपनाको वि।सं २०७१ साल वैशाख ६ गते प्रेम विवाह भएको थियो । विवाहको ५ औं वर्षगाँठकै दिन सपनाले पहिलो सन्तानलाई जन्म दिएकी हुन् ।

गएको महिना मात्र विकासराज आचार्य निर्दे्शित फिल्म ’हजार जुनीसम्म’ को छायांकन सकाएका आर्यन अहिले साम्तेन भुटियाको फिल्म ‘चच हुई’ मा व्यस्त छन् । आमा र छोरा दुबैको स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ । केही महिना देखि नै सपनाले बेबी बम्प देखाएर श्रीमान् आर्यनसँगको रोमान्टिक तश्बिर सामाजिक सञ्जाल मा हालेकि थिइन जुन भाइरल भएको थियो । यसैगरी आर्यनलाई उनका फयान, शुभचिन्तक तथा कलाकारहरुले पुत्र लाभ भएको बधाई ब्यक्त गरेका छन । हाल आर्यनको पुत्रलाभ भएको तस्विर सामाजिक सञ्जालमा धेरै सेयर भएको छ । पुत्र लाभ भएपछि आर्यन निकै नै खुशि मुद्रामा देखिएका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार