logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

सगितकार बीजु बज्राचार्यको निधन


  • राजनीति
  • आइतबार, बैशाख १५ २०७६

नेपाली सगित क्षेत्रमा बेग्लै पहिचान बनाएका संगीतकार बीजु बज्राचार्यको निधन भएको छ । गुल्मीको पुरानो व्यापारिक केन्द्र वामीटक्सार निवासी नेपाली सांगीतिक क्षेत्रका धरोहर बज्रजार्यको आईतवार ४८ बर्षको उमेरमा हृदयघातबाट निधन भएको हो । बज्राचार्यको राजधानीको सिभिल अस्पतालमा निधन भएको पारिवारिक श्रोतले बताएको छ ।

काठमाडौं बबरमहलस्थित आफ्नो निवासबाट कतै जाने क्रममा मोटरसाईकल स्टाट गर्दा उनी त्यही ढलेका थिए । अचेत अवस्थामा रहेका उनलाई सिभिल अस्पतालमा पुर्याएलगत्तै डाक्टरले मृत घोषणा गरेको उनकी धर्म दिदी तथा वामीटक्सारकी छिमेकी विष्णुकुमारी सापकोटाले जानकारी दिइन् । उनी नेपाली सांगीतिक क्षेत्रका चर्चित संगीतकार थिए ।

२०२८ सालमा जन्मिएका उनले २०४९ सालमा रेडियो नेपालबाट स्वर परीक्षामा उतीर्ण गरेका थिए । उनी वामीटक्सारका जुठप्रसाद वैद्यचार्यका छोरा हुन् । उनका श्रीमती र ३ छोराछोरी रहेका छन् । बज्राचार्य मुटु रोगबाट पीडित थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार