logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

चलचित्र ‘जात्रै जात्रा’को टोली पोखरामा यसरी रमाए दर्शक सङ्ग


  • राजनीति
  • शनिबार, जेष्ठ ११ २०७६

पोखरा- नेपाली कथानक चलचित्र ‘जात्रै जात्रा’को टोली मोफसल यात्राका क्रममा पोखरा पुगेको छ । चलचित्र प्रचारका क्रममा निर्देशकसहित कलाकारको टोली पूर्वी नेपालको मोरङ, झापा र सुनसरी पछि कास्कीको पोखरा पुगेको हो ।

निर्देशक प्रदीप भट्टराई, चलचित्रका अभिनेता रविन्द्रसिंह बानियाँ, वर्षा राउत लगायतको टोली आज पोखरा पुगेर दर्शकसँग भेटेर प्रतिक्रिया मागेका छन् ।

जेठ ३ गतेबाट प्रदर्शनमा आएको चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गरेका छन् । विपीन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, दयाहाङ राई, वर्षा राउत मुख्य भूमिकामा छन् ।

‘जात्रै जात्रा’ चलचित्र ‘जात्रा’को सिक्वेल हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार