logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

१९ औं पोखरा सडक महोत्सवको तयारी पुरा

नेपालका सात वटै प्रदेशका संस्कृति पस्कने


  • राजनीति
  • बुधबार, पुष १२ २०७४

आश तमु,पोखरा- पोखरामा अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजना गर्न लागिएको १९ औं पोखरा सडक महोत्सवको तयारी पुरा भएको छ । रेष्टुरेन्ट एण्ड वार एसोशियसन रेवान पोखराले आज महोत्सवस्थलमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारी पुरा भएको जानकारी दिएको छ ।

लेकसाइडको करिव ३ किलोमिटर क्षेत्रलाई महोत्सवको लागी दुलही झै सिंगारिएको छ । मेला अवधीभर रेष्टुरेन्ट तथा पसलहरुले पनि सडकबाटै खानाका परिकार नयाँ वर्ष मनाउन आउने पर्यटकका लागी पस्कने रेवान अध्यक्ष चौबहादुर गुरुङले जानकारी दिए ।‘सडकमै खाउ सडकमै खाँउ सडकमै नाचौं’ भन्ने मूल नाराका साथ आयोजना गरिएको  महोत्सव अवधीभर सडकका विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रमका साथ कन्सर्टको व्यवस्थासमेत मिलाएको बताए

महोत्सव अवधिभर रेष्टुरेन्टहरुले सडकबाटनै खानाका परिकार ग्राहकको आँखै अगाडी बनाइएको खानाका परिकारकाहरुको स्वाद चाख्न पाउने व्यवस्था मिलाएको  अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रममा जापान, चीन, कोरिया, भारतका सांस्कृतिक कार्यक्रमहरु मुख्य आकर्षणका रुपमा रहेको उनले बताए ।

नेपालका सात वटै प्रदेशका सांस्कृतिक कार्यक्रमहरुले ३ किमी क्षेत्रदेखि स्टेजसम्म आफ्नो संस्कृति पस्कने छन् भने प्रदेश नम्बर १ बाट सतार जातिको सांस्कृतिक कार्यक्रम, प्रदेश २ बाट मैथली कार्यक्रम, प्रदेश ३ बाट नेवार जातिको, ४ बाट गुरुङ, ५ बाट बर्दियाको थारु जाति, ६ बाट हुम्लाको हुम्लेली जातिको र ७ बाट डँडेलधुराको देउडा जातिको सांस्कृतिक कार्यक्रम एकै स्थानमा हेर्न पाइनेछ ।
सोही अवसरमा छिमेकी ६ जिल्लाबाट उत्पादित सुन्तला तथा कृषिजन्य पदार्थको प्रदर्शनी, सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार, विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, पर्यटन खेलकुद, हस्तकला प्रदर्शनी, बालउद्यान, साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शनी, लोकदोहोरी, लाइभ कन्सर्ट लगायत कार्यक्रम हुनेछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार