राजनीति
प्रकाश सपुतले आफ्नो फेसबुक मार्फत निकै मार्मिक स्टेटस लेखेक छन्। हर कसैको मनछुने उनको यस्तो स्टेटसले उनको पिडा बोध गराउछ। निकै चर्चित बनेको गीत गलबन्दीको बिबाद भर्खर मात्र साम्य भएको छ। सम्बन्धित निकायको मध्यस्ततामा प्रकाश सपुत र शम्भु राइ बीच ४ बुदे सहमति हुदै यो बिबाद टुङ्ग्याइएको हो। गलबन्दी गीत शम्भु राइको देउसी गीत आउ साथी नाचौ हो बन्ने गीत संग मेल खाएपछि सुरु भएको यो बिबाद ले जातीय रुप समेत लिन थालेपछि आपसी समझदारीमा सम्बन्धित निकाय को मध्यस्ततामा बिबाद सल्ताइएको थियो।
प्रकाश सपूतले बिबाद सकिएको दिन लाइ आफु जगै देखि भत्किएको दिन मानेका छन्। प्रकाश सपुतको गीत गल्बनदीमा शम्भु राइ को क्रियसन र प्रकाश सपुत को रि-क्रियसन राख्ने सहमतिमा बिबाद सकिएको थियो। शम्भु राइले नाम पाए। प्रकाश सपूतले २०७६ असार ११ का दिनलाई आफु आफु जगै देखि भत्किएको दिन भनेर फेसबुक मा लेखेका छन्। गलबन्दी बिबादका कारण निकै तनाबमा रहेका प्रकाश सपुतले गीतको बिबाद साम्य भएपनि आफुलाई निकै पिडा भएको अनुभूति दिलाएका छन्। उनको एक फ्यानले चर्चित हुनुको हिसाब बुझाएको भन्दै आफ्नो बिचार लेखेका थिए। उनले चर्चित हुनु नै प्रकाश सपुतको दोष हो भनेर समेत लेखेका छन्।

एक सुभेच्छुक ले फेसबुकमा लेखेको स्टेटस शेयर गर्दै प्रकाश सपूतले आफु जगै देखि भत्किएको दिन भनेर स्टेटस लेखेका हुन्। सम्हालिन केहि समय समेत उनले आफ्नो फेसबुक मार्फत मागेका हुन्। प्रकाश सपूतले समझदारी गरेपछि आउन थालेको नकारात्मक समाचारका कारण पनि यस्तो लेखेका हुन् सक्छन। प्रकाश सपूतले ईमानको एक / एक ईटाहरु बटुलेर आफुले आफुलाई उठाउने भन्दै निकै मार्मिक स्टेटस शेयर गरेका छन्।उनको यो मार्मिक स्टेटसको सपोर्ट गर्दै हजारौ ले लाइक र कमेन्ट गरेका छन्।