logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

मलाइकाको फोटो सेयर गर्दै अर्जुनले लेखे यस्तो स्टाटस…..


  • राजनीति
  • सोमबार, असार १६ २०७६

एजेन्सी – अभिनेत्री मलाइका अरोडाको फोटो सेयर गर्दै बलीउड नायक अर्जुन कपुरले फोटोसँगै ‘मेरो मुटु उनीसँगै छ’ भनेर लेखेका छन् ।

सामाजिक संजालमा अर्जुन कपूर र मलाइका अरोडाले न्युयोर्कमा सँगै बिताएका केही तस्विरहरु पोष्ट गरेका छन् ।

अर्जुनले आफ्नो इन्स्टाग्राममा लिएको एक तस्विर शेयर गरेका छन् जसमा मलाइका डिनर टेबलमा बसेकी छिन् र उनले हार्ट सेपको रातो ब्यागले आफ्नो मुख छोपेकी छिन् । अर्जुनले खिचेको यस तस्विरमा उनले क्याप्सन लेखेका छन् ‘साँच्चैनै मेरो मन तिमीसँग छ ।’

यसअघि मिडियामा अर्जुनसँगको हिमचिम बढेकाले पति अरबाज खानबिच मलाइकाको डिभोर्स भएको भन्ने खवर बाहिरिरहँदा यी दुवैले यो हल्ला मात्र भएको भन्दै अस्विकार गर्दै आइरहेका थिए । तर अहिले एक पछि अर्को गर्दै यी दुइका रोमान्टिक तस्विरहर सामाजिक संजालमा देखिन थालेपछि अनुमान सही निस्किएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार