logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

पुर्व मिस नेपाल श्रृंखलाले चढिन् पश्चिम युरोपको अग्लो हिमाल


  • राजनीति
  • बिहिबार, साउन ९ २०७६

पोखरा- पश्चिम युरोपको अग्लो हिमाल मन्ट ब्लांक मिस नेपाल २०१८ श्रृङ्खला खतिवडाले आरोहण गरेकी छन्। फ्रान्स र इटालीबीचमा रहेको ४ हजार ८ सय १० मिटर अग्लो यो हिमालको उनले मंगलवार सफल आरोहण गरेकी हुन्।

नेपालस्थित फ्रान्सेली दूतावासले श्रृंखलाले मन्ट ब्लांक आरोहण गरेको पुष्टि गरेको छ। नेपाल-फ्रान्स कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठका अवसरमा श्रृंखला मन्ट ब्लांकको शिखरमा पुगेकी हुन्।

श्रृङ्खलासँगै भ्लगर सिसम बानियाँ र प्रज्वल थापा मगर पनि ब्लांक हिमालको चुचुरोमा पुगेका छन्। अप्रिलमा २० मा नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७० वर्ष पूरा भएको छ। दुई देशबीचको ७० औँ वर्षगाँठ कार्यक्रमकी सद्भावना दूता पनि रहेकी श्रृङ्खला अहिले युरोप यात्रामा छिन्। उनलाई युरोप मामिला तथा परराष्ट्र मन्त्रालयका महासचिव मोरिस गुर्दो मोन्तान नेपाल आएका बेलामा २०७५ पुसमा सद्भावना दूत नियुक्त गरिएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार