logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

राजबहादुर गुरुङको ङोल्स्यो म्हिथेबाको गुरुङ गीतमा कभर डान्स बिजेताले ८० हजार प्राप्त गर्ने


  • आश तमु
  • आइतबार, साउन १९ २०७६

पोखरा- गायक राजबहादुर गुरुङको पहिलो गीति कोसेली ङोल्स्यो म्हिथेबाको गीतमा कभर डान्स प्रतियोगिता आयोजना गरिने भएको छ ।

गीतको प्रचार प्रसार र नवप्रतिभाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले सो गीतमा कभर डान्स प्रतियोगिता आयोजना गरिएको गायक गुरुङले बताए ।

प्रतियोगितामा सहभागि हुन इच्छुक समुहले आगामी कत्र्तिक ३० गतेभित्र आफनो गीत बुझाई सक्नुपर्ने छ भने भिडियो मोबाइल, क्यामारा आदिले छायांकन गरी ल्याउन सकिने तर गीतमा शीर्षक नलेखि ल्याउनुपर्नेछ ।
सहभागि हुने समुहले भिडियो मञ्च, कुनै समारोह र अन्य ठाउँमा छायांकन गरि ल्याउन सकिने छ भने प्रवेश निशुल्क रहेको बताइएको छ ।

बिजेताको घोषणा युटयुब दर्शकको आधारमा गरिने भएको छ भने सहभागि सबै समुहलाई मायाको चिनो र प्रशंसा पत्र प्रदान गरिने भएको छ ।नतिजा घोषणा आगामी माघ १ गते दिउँसो २ बजे पोखरामा भव्य समारोहका बीच हुने र सोहि समारोहमा पुरस्कार वितरण गरिने छ ।

प्रतियोगिताको बिजेता समुहले नगद ८० हजार र उपबिजेता समुहले नगद ४० हजार पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिहरुको गीत स्ट्रिम नेपालको युटयुब च्यानलबाट प्रसारण हुने आयोजकले जानकारी दिएको छ ।

गीतका गायक राजबहादुर गुरुङलामो समयदेखि नृत्य र गायनको क्षेत्रमा क्रियाशील रहेता पनि आफनै आवाजमा यो पहिलो गीत रेकर्ड हो । लमजुङ जिल्लाको मध्य नेपाल नगरपालिका डडुवा आलडाडामा जन्मिएका गायक गुरुङ लामो समय देखी पोखरामा नृत्य र गायनको क्षेत्रमा क्रियाशील छन। साथै उहाँले गीत तयार गर्न सहयोग गर्ने सबै सहयोगीहरुप्रति आभार समेत व्यक्त गरेका छन ।

सुपर युनिक फिल्मस् प्रालिको प्रस्तुति रहेको सो गीतको राजबहादुर गुरुङ र मिलन नेवारको स्वर रहेको गीतमा बेलायत निवासी केबी गुरुङको शब्द र मनोज गुरुङको संगीत रहेको छ भने तेजेन्द्र गुरुङको संगीत रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार