logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

नायिका मिरुना मगरको प्रेम कुकुर अनि बिरालो…


  • राजनीति
  • बुधबार, साउन २२ २०७६

पोखरा- नेपाली रजतपटमाचलचित्र ‘लालपूर्जा’ बाट पाइला टेकेकी नायिका मिरुना मगरको पहिलो रोजाई र सौख के होला ? सफल नायिकाको ट्याग वा ब्वायफ्रेण्ड ?

लालपूर्जादेखि रोज हुँदै साइनोसम्म आइपुगेकी मगर नेपाली चलचित्रमा न जम्न सकिन र रम्न । तर उनको पछिल्लो चलचित्र साइनो सफल हुँने आँकलन गरिएको छ । २४ साउनदेखि उनको पछिल्लो चलचित्र हलमा आउँदैछ ।

मिरुनाका सौख थरिथरिका छैनन् । उनको मुख्य सौख कुकुर र विरालो छन् । उनले विरालो र कुकुरलाई धेरै माया गर्ने गर्दछिन् । ‘बच्चा र कुकुर पिटेको फिटिक्कै मन पर्दैन’ उनले भनिन् ‘कुकुर देखेपछि विस्कुट किनेर दिन मन लाग्छ ।’ कुकुरप्रति उनको लगाव मात्रै छैन, कुकुरसँग खेल्ने पनि गर्दछिन् ।

कुकुरसँग खेल्न मन लागेपनि घरमा भने उनले विरालो पालेकी छिन् । ‘कुकुरसँग खेल्न मन लाग्छ तर युकेमा हुँदा दुई विरालो पालेकी थिए’ उनले भनिन् । जनावरसँग प्रेम गर्ने अभिनेत्रहरु धेरै छन् । तर घरमा भने कमैले पाल्ने गरेका छन् ।

मिरुनालाई कसैले झर्केर बोलेको मन पर्दैन । ‘कसैले चर्काे स्वरमा बोल्यो भने हकारेजस्तो लाग्छ’ उनले भनिन् ‘सानो मिठो स्वरले बोल्दा काम बन्छ भने चर्काे स्वरमा किन बोल्ने ?’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार