राजनीति
कतारस्थित एसियन टाउन एम्फिथिएटरमा हजारौ श्रोता दर्शक माझ नेपथ्य आफ्नो भव्य प्रस्तुती गरेकोेछ ।
ब्याण्ड पहिलो पटक पाँच वर्षअघि सोही स्टेजमा प्रस्तुत भएको थियो जुन कतारको इतिहासमै आज सम्म अरु कुनै नेपाली ब्यान्डको प्रस्तुती अयोजना भएको छैन।कार्यक्रममा जसै नेपथ्यले गाउन सुरु गरेको थियो, उसैगरी दर्शकले पनि गाएरै साथ दिएका थिए ।
एकपछि अर्को बहुचर्चित गीतहरुको सूची सहित उपस्थित भएको नेपथ्यले कन्सर्टमा केहि नयाँ र केहि सर्वप्रिय यस्ता गीतहरु पनि प्रस्तुत गरेको थियो । चाहे त्यो नेपथ्यको भर्खरै भिडियाे तयार भएको ‘रातो र चन्द्र सूर्य’ होस्, केही समय अगाडिको गीत ‘पल्ला घरका बईका’ वा पुरानो गीत ‘आँगनैभरी’ जस्ता गीतहरुलाई दर्शकले नेपथ्यको सुरमा सुर मिलाएर गाएका थिए ।
अहिले चार लाख भन्दा बढी नेपालीहरु रोजगारीका क्रममा कतारमा बसोबास रहेको पाइन्छ ।
दुईघण्टा बढी लामो प्रस्तुतीका बखत अमृतले विभिन्न भेगको यात्राका क्रममा भोगेका घटनाहरुको उल्लेख गरे । उनले आफूले देखेको नेपालका बारे अर्थ्याउँदै बारम्बार नेपाली–नेपालीबीच एकताको आवश्यकता पनि औँल्याएका थिए । उनले नेपालीकै हातबाट राष्ट्रको पुननिर्माण हुनुपर्ने उल्लेख गर्दै यसका निम्ति मुलुकबाहिर बसेका नेपालीको पनि सहयोग खाँचो पर्ने बताए ।
कतारमा सम्पन्न कन्सर्टमा पनि अमृतलाई स्टेजमा सँधैझैँ ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।