राजनीति
पोखरा- “हाम्रो सस्कृती हाम्रो पहिचान लोपउन्मुख सस्कृति जोगाउने हाम्रो अभियान” भन्ने मुल नाराका साथ पोखराको पुरानो टुडिखेलमा वाइवाइ तिज मेला हुने भएको छ ।
शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा पुष्पान्जली फेसन एन्ड इभेन्टको आयोजना भदौं ११ देखि १७ गतेसम्म मेला हुने जानकारी गराइएको हो ।
कार्यक्रम संयोजक शोभा गौतमले वाइवाइ चाउचाउको मुख्य प्रायोजन र इन्द्रेणी एकीकृत बिकास केन्द्रको सह-प्रायोजनमा मेला हुने भएको बताइन् । मेलामा मौलिक तिज गीत प्रतियोगिता हुने भएको छ ।
प्रतियोगितामा विजेतालाई ३० हजार एक सय एक, उप-विजेतालाई २० हजार एक सय १, तेस्रो हुनेलाई १० हजार एक सय १, शान्त्वना हुने दुई समुहलाई जनही ५ हजार पुरस्कार प्रदान गरिने भएको छ । मेलामा स्थानिय तथा राष्ट्रिय कलाकारको प्रस्तुतीः हुने भएको छ ।