राजनीति
पोखरा- पोखरामा भदौ ६ गते शुक्रबार नेपाली चलचित्र मारुनी टीमले कन्सर्ट गर्दैछ । दिउँसो ३ बजेपछि पोखराको अमरसिंहचौरमा कन्सर्ट हुने र कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको बताइेको छ । कन्सर्टमा मुख्य कलाकारहरु पुष्प प्रधान, साम्राज्ञी राज्यलक्ष्मी शाह लगायतको उपस्थिति रहनेछ ।
फिल्म युनिटले ७ प्रदेशमा ४ ओटा कन्सर्ट गर्दैछ भने सबै कन्सर्टमा फिल्मकी नायिका साम्राज्ञि राज्यलक्ष्मी शाह र नायक पुष्प खड्काको उपस्थिति रहने छ ।भदौ ४ गते ईटहरीबाट कन्सर्ट सुरु भइसकेको छ । पोखरामा भदौ ६ गते आउँदैछ ।
पुनम इन्टरटेन्मेन्टको ब्यानरबाट पुनम गौतमले निर्माण गरेको फिल्ममा दर्शना केसी, मिना क्षेत्री र राजा प्रधान सह–निर्मातामा रहेका छन । फिल्ममा पुष्प खड्का, साम्राज्ञी राज्य लक्ष्मी शाह, रेबिका गुरुङ, विनोद भट्टराई, शंखर सेढाइ, अर्जुन श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।नवल नेपालको निर्देशन र गोविन्द फुयालको कथा रहेको फिल्ममा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहेको छ । सञ्जय लामाले यस फिल्म खिचेका हुन् भने मित्र डी गुरुङले सम्पादन गरेका छन् ।