logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

‘चपली हाईट’ सिनेमाका अभिनेत्री बिनिता बराल आमा बन्दै


  • राजनीति
  • बिहिबार, असोज ९ २०७६

पोखरा- ‘चपली हाईट’ सिनेमामा गरेको बोल्ड अभिनयका लागि चर्चा बटुलेकी अभिनेत्री बिनिता बराल आमा बन्ने भएकी छन्।

सामाजिक संजालमा आफू गर्भवती भएको फोटो फेसबुकमा पोस्ट गर्दै आमा बन्न लागेको सार्वजनिक गरेकी हुन्।

पोस्टमा उनले ‘सानी बिनिता आउँदैछिन्’ लेखेकी छन्। यसको अर्थ उनी छोरीको आमा बन्दैछिन्।

पहिलो सिनेमापछि खासै व्यस्त हुन नसकेकी बराल केहि वर्षयता अमेरिका बस्दै आएकी छन्। उनले तिलक पौडेलसँग उतै विवाह गरेकी हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार