logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

प्रहरीलाई ‘डन्ठे’ भनेपछि जावलाखेलबाट पक्राउ परे भिटेन


  • राजनीति
  • बिहिबार, कार्तिक ७ २०७६

हामी यस्तै त होनि ब्रो’ भन्‍ने र्‍यापबाट चर्चामा आएका भिटेन उर्फ समिर घिसिङलाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी सहकुल थापाले उनलाई जावलाखेलबाट पक्राउ गरिएको जानकारी दिए। घिसिङले गीतमार्फत् अश्लिलता फैलाएको अभियोग छ।

उनले गाएका गीतमा ‘प्रहरी जेल भित्र गाँजा खाँदै मस्ती’, प्रहरी पोशाक लगाएर प्रहरीलाई डण्ठे शब्द प्रयोग गरेका थिए। उनलाई कानुनी कारबाहीका लागि अगाडी बढाइएको प्रमुख थापाले जानकारी दिए। केही दिनअघि मात्रै अर्का गायक दुर्गेश थापाले निकालेको तिहार विशेष गीत मार्फत सामाजिक संस्कार खलबल्याउने कार्य भएको उजुरी आएपछि प्रहरीले पक्राउ गरेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार