पोखरा-पुस १२ गते देखी रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेबान) पोखराले पोखरामा पर्यटन प्रर्बधन गर्न सडक महोत्सव आयोजना गर्ने भाएको छा।२१ औं संस्करणको पोखरा सडक महोत्सव ९डिसेम्बर २८ देखि जनवरी १ सम्म० सम्म सञ्चाल हुने आयोगक रेबानले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
सडकमै खाऔँ, सडक रमाऔँ’ भन्ने नाराका साथ प्रत्येक अङ्गेजी नयाँ वर्षका अवसरमा महोत्सव गरी आएको र यस बर्ष पनि अझ भव्य रुपमा मनाउने तयारी गरेको रेष्टुरेण्ट एण्ड बार एसोसियसन ९रेबान० पोखरा अध्यक्ष भिमसेन भुजेलले जानकारी दिए ।
महोत्वसका संयोजक लक्ष्मण बरालले पोखराको फिस्टेल गेटदेखि डिहिकोपाटनसम्मको करिब ३ किलोमिटर खुला सडकमा महोत्सव संचालन हुने जानकारी दिए
महोत्सव सम्पन्न गर्न रेबान पोखराका उपाध्यक्ष लक्ष्मण बरालको संयोजक, कार्यसमिति सदस्य नरेश भट्टराई, वसन्त गौतम सह संयोजकत्वमा २२ सदस्यीय महोत्सव व्यवस्थापन मुलसमिति गठन गरिएको उनले बताए । महोत्सवमाबाट ८५ लाख आम्दानी गर्ने र ७० लाखको खर्च लाग्ने आयोजकको अनुमान छ ।