नयाँ वर्ष २०२० को मौकामा मलाइका अरोडाले इन्स्टाग्राममा एउटा फोटो सेयर गरेकी छिन् जसमा उनले प्रेमी अर्जुन कपुरको गालामा चुम्बन गरिरहेको देख्न सकिन्छ । मलाइकाले क्याप्सनमा लेखेकी छिन्, ‘सन, लाइट, ह्याप्पिनेस।।।२०२०’ । फोटो हेरेपछि कतिले यो जोडीको तारिफ गर्दै नयाँ वर्षको शुभकामना दिएका छन् भने कतिले उनीहरुलाई भन्नसम्म भनेका छन् ।
एक प्रयोगकर्ताले लेखेका छन्, ‘ओए, होए…२०२० सुरु भइसक्यो ।’ यस्तै अर्का प्रयोगकर्ताले कमेन्ट गरेका छन्, ‘सरको उमेर ३४ र म्यामको ४६… ग्रेट कम्बिनेसन ।’