पोखरा – पोखरामा माघ ४ गते शनिवार हुने पाँचौ संस्करणको मिस तामाङको सम्पुर्ण तयारी पूरा भएको छ । आज बिहिवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजक बैदाम तामाङ सेवा समाजले माघ ४ गते शनिबार दिउँसो १२ बजेबाट हुने कार्यक्रमको जानकारी दिएको हो ।
समाजका अध्यक्ष ज्याक तामाङले प्रतियोगितमा १७ जना प्रतियोगीहरुले सहभागिता जनाउने बताए । सहभागीहरुमा अनिशा तामाङ, सरस्वती तामाङ, सृजना तामाङ, सुजाता तामाङ, कोमल तामाङ, आकृति भोलान, स्वस्तिका तामाङ, बिन्दु तामाङ, मनिषा गोम्जा तामाङ, रहेका छन् । यसैगरि शशीकला तामाङ, प्रिती तामाङ, रेनु तामाङ, सृजना तामाङ, अनु बल, भुमिका तामाङ, सुमिक्षा तामाङ, सलिना तामाङ र किस्मत तामाङ रहेका छन् ।
सहभागीहरुलाई ४५ दिन लामो व्यक्तित्व, नेतृत्व, भाषा, कला, संस्कार, इतिहास तथा धर्मका विषयमा प्रशिक्षण गराइएको उनले जनाएको छ ।
प्रतियोगिताको विजेताले ताज, ट्रफी, प्रमाणपत्र सहित रु १ लाख नगद, म्युजिक भिडियोको अवसर तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्राप्त गर्नेछिन । फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै सेकेण्ड रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ हात पार्नेछन् । भ्युवर्स च्वाइसका रुपमा एकजनाले नगद २० हजार पुरस्कार समेत प्राप्त गर्नेछन । सन् २०१६ देखि शुरु भएको मिस तामाङ पोखराको पहिलो संस्करणमा निमा लामा, दोस्रो संस्करण २०१७ मा दिप्ती गोम्जा, तेस्रो संस्करण २०१८ मा कविता योञ्जन र चौथो संस्करण २०१९ मा कुशुम स्याङवो तामाङले ताज पहिरिन सफल भएकी थिइन् ।
कार्यक्रमको प्रमुख निर्णायकमा कलाकार तथा नेपाल एयरलायन्सका क्याप्टेन विजय लामा रहनेछन् भने चर्चित कलाकार सोनाम तोप्डेनको प्रस्तुती रहने छ । कार्यक्रमबाट बचत रकम रिन्छिङ तोजेर्त तामाङ शान्ति गुम्बा सहयोगार्थ खर्च गरिने आयोजकले जनाएको छ ।