logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

सारङ्गीकाे धुनमा माेहित प्रधानमन्त्री……


  • राजनीति
  • मंगलबार, माघ २१ २०७६

पार्टी अध्यक्ष तथा  प्रधानमन्त्रीले प्रधानमन्त्री  निवास बालुवाटारमा मंगलबार साँझ ‘सारङ्गी साँझ’को आयोजना गरिएको  छ  । पार्टीको  मदन भण्डारी कला साहित्य प्रतिष्ठान तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरेकाे बताइएको छ ।

उक्त कार्यक्रममा  प्रधानमन्त्री केपी शर्मा ओलीले बरिस्ठ नेेेताहरुले बाध्यवादनमा  रमाइलो गरेका  तस्बिर सार्वजनिक भए । उक्त रमाइलो पलको तस्विर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमा हालेका छन् ।

कार्यक्रममा प्रम ओलीले बाँसुरी र सारङ्गी बजाएका थिए भने पूर्व प्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधव नेपालले ओलीलाई साथ दिँदै सारङ्गी बजाएका तस्बिरमा देेेेख्न सकिन्छ ।

नेकपा काे बैठकपछि नेताहरू केन्द्रीकृत गर्न प्रधानमन्त्रीले निवासमा रात्रि भाेजकाे आयोजना गरेका थिए ।

कार्यक्रममा पूर्व नेपालदेखि पश्चिमसम्मका लोक बाजाहरुको संगीत प्रस्तुत गरिएको थियो । सो कार्यक्रममा देशका प्रमुख सञ्चारमाध्यमका सम्पादकहरुको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार