पोखरा- पछिल्लो समय तमू भाषाको अत्यन्तै लोकप्रिय गीत राजबहादुर गुरुङको पहिलो गीति कोसेली ङोल्स्यो म्हिथेबाको आज पोखरामा एक कार्यक्रम बीच भिज्युल लोर्कापण भएको छ । यसै गरी गत साउन महिनामा आव्हान गरिएको कभर नृत्यको उपाधी बिजेता भुजुङ युजम्रो डान्स ग्रुप लाई नगद रु ८० हजार प्रमाण पत्रले सम्मान पनि गरिएको छ । भने द्धितिय प्रगती चोक आमा समुह पोखरा २७ रिठेपानीलाई ४० हजार नगद र प्रमाण पत्रले सम्मान गरिएको थियो ।
ङोल्स्यो म्हिथेबा बोलको गीतमा आयोजना गरिएको प्रतियोगीतामा कूल २ लाख ११ हजार ९ सय ९५ युटयुब दर्शकको भोटसहित भुजुङ यजम्रो डान्स ग्रुप पोखराले उपाधि जितेको हो । १ लाख १३ हजार ८ सय १८ दर्शक भोटका साथ प्रगती चोक आमा समुह पोखरा २७ रिठेपानी द्धितिय बन्यो ।
बिजेतालाई प्रमुख अतिथि भोज बहादुर गुरुङ र प्रथम पुरस्कार प्रायोजन गर्ने तमु बिधार्थी समिति भूपू परिवारको तर्फवाट तमु बिधार्थी समिति नेपालका सस्थापक सचिब शशी कुमार गुरुङले नगद अनि प्रमाण पत्रले सम्मान गरेका थिए ।
राजबहादुर गुरुङ र मिलन नेवारको स्वर रहेको गीतमा बेलायत निवासी के.बि. गुरुङको शब्द र मनोज गुरुङको संगीत रहेको छ भने तेजेन्द्र गुरुङले म्युजिक एरेन्ज गरेका छन ।
गुरुङ फिल्म एशोसियशन नेपाल (जिफान)का अध्यक्ष भोज बहादुर गुरुङले एक समारोहका बीच गीतको भिज्युलको लोकार्पण गरेका थिए ।
सो अवसरमा बोल्दै उहाँले नेपाल विभिन्न भाषा संस्कृतिको मुलुक भएको भन्दै भिन्न भाषाभाषीको गीतले यहाँको कला र संस्कृतिलाई जोगाउन र बढाउन ठूलो मद्दत पुग्ने बताए ।
करिब ६ महिनासम्म स्ट्रिम नेपालको युटयुब च्यानल मार्फत सञ्चालन भएको प्रतियोगितामा कूल ११ वटा समुहले भाग लिएका थिए । गीतलाई हालसम्म ८ लाख ७२ हजार ४ सय ३५ पटक स्ट्रिम नेपालको युटयुब च्यानल मार्फत हेएिको छ ।
प्रतियोगितामा प्रगती चोक आमा समुह पोखरा २७ रिठेपानी, ताङतिङ दुध पोखरी तमू समाज पोखरा, ईन्द्रेणी युवा क्लब मस्र्यास्दी गाउँपालिका ७ नयाँगाउँ लमजुङ, क्रियाटिभ युवा क्लब मध्य नेपाल ८ डडुवा दुर्छा लमजुङ, दुर्गा बहुउदेशिया समाज पोखरा २७ रिठेपानी, भुजुङ यजम्रो डान्स ग्रुप पोखरा, भुजुङ युम्पो तमू समाज पोखरा, छापा नाच परिवार याङ्जाकोट कास्की, पसगाउँ तमू समाज पोखरा, पैयुखोला तमू समाज पोखरा र अमेरिकाको एउटा समुहले समेत भाग लिएका थिए ।
यस्तै गीतका गायक राजबहादुर गुरुङले आफू लामो समयदेखि नृत्य र गायनको क्षेत्रमा क्रियाशील रहेता पनि आफनै आवाजमा गीत रेकर्ड गर्ने र गायक बन्ने वर्षौदेखिको चाहना पूरा नभई रहेको अवस्थामा यो गीतले आफनो अधुरो इच्छालाई पूरा गरिदिएको भन्दै खुसी व्यक्त गरे । उनले गीत तयार गर्न सहयोग गर्ने सबै सहयोगीहरुप्रति आभार समेत व्यक्त गरेका छन ।